२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्टः गर्भवती महिलाले दैनिक गर्नुपर्छ यस्ता काम

भिडियो रिपोर्टः गर्भवती महिलाले दैनिक गर्नुपर्छ यस्ता काम


गर्भवती विहान उठ्ने बितिकै दैनिकी नित्य कर्म गर्नुपर्छ । विहान ब्रेकफास्टमा केही खानुपर्छ । किनभने, गर्भवती महिलाले अरुले जस्तो दिनमा दुई चोटी, तीन चोटी खाएर पुग्दैन । अलि छिटो—छिटो खानुपर्ने हुन्छ । खानामा सरसफाइमा ख्याल गर्नुपर्छ ।

खानामा प्रोटिन, फ्याट कार्बोहाइड्रेड मिलाएर खानुपर्छ । भनेको के हो भने मुख्य खाना भात, रोटी खाने त्यसमा प्रोटिन भएको दाल, दुध, मासुजस्ता कुराहरु खानुपर्छ । चिल्लो चिज पनि खानुपर्ने हुन्छ । किनभने, ३० प्रतिशत प्रोटिन, ३० प्रतिशत कार्बोहाइड्रेड, फ्याट गरेर डाइट मिलानुपर्ने हुन्छ ।

यसरी घरमै उपलब्ध भएका कुराहरु गेडागुडी, हरियो सागपात, फलफूल जे उपलब्ध हुन्छ त्यसलाई मिलाएर दिनमा कम्तिमा पनि ५/६ पटक खानुपर्ने हुन्छ ।

  • तनाव धेरै लिनु हुँदैन् । गर्भवतीले राम्रो कुरा धेरै सोच्नुपर्छ । मिल्छ भने दिउँसो २ घण्टा र राति ८ घण्टा सुत्नुपर्छ ।
  • पानी प्रशस्त पिउनुपर्छ ।
  • सरसफाइमा ध्यान दिनुपर्छ ।
  • गर्भवती भएको पाँच महिनापछि पेटमा बच्चा चलेको कुरा पनि याद गर्नुपर्छ ।
  • प्रेसर बढ्यो कि भनेर जाँच गर्नुपर्छ ।
  • तौल धेरै बढ्यो भने त्यो पनि याद गर्नुपर्छ ।
  • रगत बग्नु गर्भवती महिलाका लागि राम्रो होइन्, त्यो कुरा पनि याद राख्नुपर्छ ।
  • मिल्छ भने साधारण खालको योगा गर्न सकिन्छ ।
  • शरीरको सरसफाइमा अरु बेलाभन्दा बढी ध्यान दिनुपर्छ ।
  • स्वास्थ्य संस्थामा जचाएर आवश्यक परेमा आइरन र क्याल्सियम पनि खानुपर्छ ।
  • टिटानासको औषधी दुई चोटी लगाउनुपर्छ ।
  • बेलुका अलि चाँडै सुतेर ८ घण्टासम्म सुत्नुपर्छ ।

अन्य गर्नैपर्ने काम

गर्भवती महिलाले आफूले कहाँ डेलिभरी गर्ने हो । अकस्मात व्यथा लाग्यो, रगत बग्यो भने कहाँ जाने भन्ने पनि तयारी गरिरहनुपर्छ ।

बाटो खर्चका लागि अलिअलि पैसाको व्यवस्था पनि गरिरहनुपर्छ । किनभने, अस्पताल पुगेपछि उपचार त निःशुल्क हुन्छ । उपचार निःशुल्क भएपनि अन्य कुराका लागि खर्चको आवश्यकता पर्छ । लुगा फेर्नुपर्ला, खाना खानुपर्ला त्यसका लागि थोरै भएपनि पैसा जम्मा गरेर राख्नुपर्छ ।

अस्पताल जाने बेलामा कसलाई साथ लैजाने भन्ने पनि पूर्व तयारी गर्नुपर्छ । किनभने, हतारका बेला मान्छे खोज्दा नभेटिन सक्छ । समयमा अस्पताल नपुगेमा ज्यान जान सक्छ ।

त्यसकारण विहानदेखि बुलेकासम्म गर्भवतीले खानपान, सरसफाइ ध्यान दिनुपर्छ । सकारात्मक सोच्नुपर्छ र नयाँ भविष्यको सपना देख्नुपर्छ ।




क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #डा. जागेश्वर गौतम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ