२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः गर्भवती महिलाले दैनिक गर्नुपर्छ यस्ता काम

भिडियो रिपोर्टः गर्भवती महिलाले दैनिक गर्नुपर्छ यस्ता काम


गर्भवती विहान उठ्ने बितिकै दैनिकी नित्य कर्म गर्नुपर्छ । विहान ब्रेकफास्टमा केही खानुपर्छ । किनभने, गर्भवती महिलाले अरुले जस्तो दिनमा दुई चोटी, तीन चोटी खाएर पुग्दैन । अलि छिटो—छिटो खानुपर्ने हुन्छ । खानामा सरसफाइमा ख्याल गर्नुपर्छ ।

खानामा प्रोटिन, फ्याट कार्बोहाइड्रेड मिलाएर खानुपर्छ । भनेको के हो भने मुख्य खाना भात, रोटी खाने त्यसमा प्रोटिन भएको दाल, दुध, मासुजस्ता कुराहरु खानुपर्छ । चिल्लो चिज पनि खानुपर्ने हुन्छ । किनभने, ३० प्रतिशत प्रोटिन, ३० प्रतिशत कार्बोहाइड्रेड, फ्याट गरेर डाइट मिलानुपर्ने हुन्छ ।

यसरी घरमै उपलब्ध भएका कुराहरु गेडागुडी, हरियो सागपात, फलफूल जे उपलब्ध हुन्छ त्यसलाई मिलाएर दिनमा कम्तिमा पनि ५/६ पटक खानुपर्ने हुन्छ ।

  • तनाव धेरै लिनु हुँदैन् । गर्भवतीले राम्रो कुरा धेरै सोच्नुपर्छ । मिल्छ भने दिउँसो २ घण्टा र राति ८ घण्टा सुत्नुपर्छ ।
  • पानी प्रशस्त पिउनुपर्छ ।
  • सरसफाइमा ध्यान दिनुपर्छ ।
  • गर्भवती भएको पाँच महिनापछि पेटमा बच्चा चलेको कुरा पनि याद गर्नुपर्छ ।
  • प्रेसर बढ्यो कि भनेर जाँच गर्नुपर्छ ।
  • तौल धेरै बढ्यो भने त्यो पनि याद गर्नुपर्छ ।
  • रगत बग्नु गर्भवती महिलाका लागि राम्रो होइन्, त्यो कुरा पनि याद राख्नुपर्छ ।
  • मिल्छ भने साधारण खालको योगा गर्न सकिन्छ ।
  • शरीरको सरसफाइमा अरु बेलाभन्दा बढी ध्यान दिनुपर्छ ।
  • स्वास्थ्य संस्थामा जचाएर आवश्यक परेमा आइरन र क्याल्सियम पनि खानुपर्छ ।
  • टिटानासको औषधी दुई चोटी लगाउनुपर्छ ।
  • बेलुका अलि चाँडै सुतेर ८ घण्टासम्म सुत्नुपर्छ ।

अन्य गर्नैपर्ने काम

गर्भवती महिलाले आफूले कहाँ डेलिभरी गर्ने हो । अकस्मात व्यथा लाग्यो, रगत बग्यो भने कहाँ जाने भन्ने पनि तयारी गरिरहनुपर्छ ।

बाटो खर्चका लागि अलिअलि पैसाको व्यवस्था पनि गरिरहनुपर्छ । किनभने, अस्पताल पुगेपछि उपचार त निःशुल्क हुन्छ । उपचार निःशुल्क भएपनि अन्य कुराका लागि खर्चको आवश्यकता पर्छ । लुगा फेर्नुपर्ला, खाना खानुपर्ला त्यसका लागि थोरै भएपनि पैसा जम्मा गरेर राख्नुपर्छ ।

अस्पताल जाने बेलामा कसलाई साथ लैजाने भन्ने पनि पूर्व तयारी गर्नुपर्छ । किनभने, हतारका बेला मान्छे खोज्दा नभेटिन सक्छ । समयमा अस्पताल नपुगेमा ज्यान जान सक्छ ।

त्यसकारण विहानदेखि बुलेकासम्म गर्भवतीले खानपान, सरसफाइ ध्यान दिनुपर्छ । सकारात्मक सोच्नुपर्छ र नयाँ भविष्यको सपना देख्नुपर्छ ।




क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #डा. जागेश्वर गौतम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ