२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअस्पतालमा सेयर दिने भन्दै ५० लाख बढी ठगी गर्ने भारतीय नागरिक पक्राउ

अस्पतालमा सेयर दिने भन्दै ५० लाख बढी ठगी गर्ने भारतीय नागरिक पक्राउ


काठमाडौं—अस्पतालमा पार्टनर बनाउँछु भन्दैं ठगी गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

२३ कात्तिकमा आफू मेडिकल व्यवसायमा रहेको र नेपालस्थित मणिपाल मेडिकल कलेज खरिद गर्ने भारतीय सेयरहोल्डरसँग कुराकानी भइरहेको भन्दैं ५० लाख रुपैयाँ बढी भुक्तानी लिएर ठगी गरेको आरोपमा ती भारतीय नागरिक बालुवाटारबाट पक्राउ परेका हुन् ।

भारतको तमिलनाडू राज्य बाडमबक्कम चेन्नई घर भएर काठमाडौंको बालुवाटरमा बस्ने ४४ वर्षीय शिवम विरुमुथु पक्राउ परेका हुन् । उनले झुट्टा कागजात बनाएर अस्पतालमा पार्टनर बनाउने भनेर विभिन्न व्यक्तिहरुलाई विश्वासमा लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले नेपालका विभिन्न बैक तथा वित्तिय संस्थामा ठूलो परिणाम आफ्नो नाममा संस्थापन सेयर रहेको भन्दैं नक्कली कागजात देखाउने, आईसीआरसीको डाइरेक्टर भनेर नक्कली परिचय पत्र देखाएर उच्च व्यक्तिसँग निकट सम्बन्ध देखाएर ठगी गर्ने गरेका थिए ।

उनी २२ जेठ २०७२ सालमा पक्राउ परेर वैदेशिक रोजगारी सम्बन्धि कसुरमा २ वर्ष डिल्लीबजार जेलमा पुगेर कारागार भुक्तान गर्नुका साथै ३ लाख ५० हजार रकम तिरेर रिहाह भएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ