गृहपृष्ठ ∕ अन्य ∕ मानसिक एकाग्रता र शारीरिक सबलता बढाउने योग मानसिक एकाग्रता र शारीरिक सबलता बढाउने योग हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २ गते, ०५:३० मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ४ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ Suicide: Shifting the Discourse from Blaming to Empathy हर्ट अट्याकपछि डाक्टरमाथि अट्याकः भत्किँदै गएको भरोसा र प्रशासनको लाचारी संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको घटनामा अनुसन्धान गर्दै प्रहरी को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? Suicide: Shifting the Discourse from Blaming to Empathy हर्ट अट्याकपछि डाक्टरमाथि अट्याकः भत्किँदै गएको भरोसा र प्रशासनको लाचारी संसदीय समितिको आकस्मिक बैठक माग : निजी मेडिकल कलेजलाई गैरनाफामुखी बनाउने रोडम्यापको खोजी डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री सर्वोच्चको रोक उल्लंघन गर्दै अवैद्य रुपमा नाबालिका किशोरीको डिम्ब झिकिएको घटनामा अनुसन्धान गर्दै प्रहरी को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ?