गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेमा १६७ नमुना परीक्षणमा १०७जनामा कोभिड संक्रमण बाँकेमा १६७ नमुना परीक्षणमा १०७जनामा कोभिड संक्रमण हेल्थ आवाज बिहीबार, २०७८ माघ ६ गते, १७:३८ मा प्रकाशित नेपालगन्ज – बाँकेमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये आधाभन्दा धेरैलाई कोभिड-१९ संक्रमण देखिएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा एक सय ६७ नमुना परीक्षण भएकोमा एक सय ७ जनामा भाइरस संक्रमण देखिएको हो । हिजो १०८ जनामा भाइरस संक्रमण संक्रमण देखिएको थियो । भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ र बागेश्वरी ल्यावमा २९ नमुना जाँच गर्दा १५ जनामा भाइरस संक्रमण देखिएको बाकेका कोरोना फोकलपर्सन तेज वलीले बताए । संक्रमण देखिएका मध्ये बाँकेका ७८ जना छन् । संक्रमण भएका सबैभन्दा बढी नेपालगन्जका छन् । पछिल्लो दिनमा नेपालगन्ज हटस्पट बनेको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय ९० पुगेको छ । यस्तै, आज थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ९५ पुगेको छ । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको छ । संक्रमितमध्ये ३० जना मध्यम खाले बिरामी छन् । एकजनाको अवस्था सिकिस्त हुँदा अर्का एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण