२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा १६७ नमुना परीक्षणमा १०७जनामा कोभिड संक्रमण

बाँकेमा १६७ नमुना परीक्षणमा १०७जनामा कोभिड संक्रमण


नेपालगन्ज – बाँकेमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये आधाभन्दा धेरैलाई कोभिड-१९ संक्रमण देखिएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा एक सय ६७ नमुना परीक्षण भएकोमा एक सय ७ जनामा भाइरस संक्रमण देखिएको हो ।

हिजो १०८ जनामा भाइरस संक्रमण संक्रमण देखिएको थियो । भेरी अस्पतालमा ८६ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको नमुना जाँच गर्दा २२ र बागेश्वरी ल्यावमा २९ नमुना जाँच गर्दा १५ जनामा भाइरस संक्रमण देखिएको बाकेका कोरोना फोकलपर्सन तेज वलीले बताए ।

संक्रमण देखिएका मध्ये बाँकेका ७८ जना छन् । संक्रमण भएका सबैभन्दा बढी नेपालगन्जका छन् । पछिल्लो दिनमा नेपालगन्ज हटस्पट बनेको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय ९० पुगेको छ ।

यस्तै, आज थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ९५ पुगेको छ । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको छ । संक्रमितमध्ये ३० जना मध्यम खाले बिरामी छन् । एकजनाको अवस्था सिकिस्त हुँदा अर्का एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ