२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ ओमिक्रोनको सब भेरियन्ट बीए.२ ओर्जिनलभन्दा ३३ प्रतिशत बढी संक्रामक, बूस्टर डोज लिएका पनि संक्रमित हुँदै

ओमिक्रोनको सब भेरियन्ट बीए.२ ओर्जिनलभन्दा ३३ प्रतिशत बढी संक्रामक, बूस्टर डोज लिएका पनि संक्रमित हुँदै


ओमिक्रोनको सब भेरियन्ट बीए.२  फैलिन थालेपछि डेनमार्कमा तनावको माहोल सिर्जना भएको छ। यहाँ ८२ प्रतिशत नागरिक यसको शिकार भएका छन्।

यसअवस्थामा डेनिस वैज्ञानिकहरूले अनुसन्धानबाट गरी सब-भेरियन्ट बीए.२ पहिलो उप प्रजाति बीए.१भन्दा बढी संक्रामक र बूस्टर लिइरहेका व्यक्तिहरुलाई पनि संक्रमित गरिरहेको निस्कर्ष निकालेको छ ।

स्टेटन्स सीरम इन्स्टिच्युट, युनिभर्सिटी अफ कोपेनहेगन, स्ट्याटिस्टिक्स डेनमार्क र डेनमार्कको प्राविधिक विश्वविद्यालयका वैज्ञानिकहरूले डिसेम्बर र जनवरीकोबीचमा यो अध्ययन गरेका थिए। अनुसन्धानमा कोभिड भाइरसका आठ हजार ५ सय केसमाथि अनुसन्धान गरिएको थियो । ती बिरामीहरूमध्ये जसमा बीए.२ संक्रमण थियो, तिनीहरू बीए.१को बिरामीहरूको तुलनामा ३३ प्रतिशत बढी अरूलाई संक्रमित गर्न सक्षम भएको अध्ययनले देखाएको विज्ञहरुको दावी छ।

अध्ययनका प्रमुख वैज्ञानिक फ्रेडरिक प्लेसनर भन्छन्, ‘यदि तपाईं आफ्नो घरमा बीए.२ सब-भेरियन्टको सम्पर्कमा आउनुभयो भने तपाइलाई आगामी सात दिनमा संक्रमण हुने सम्भावना ३९ प्रतिशत हुन्छ । अर्कोतर्फ, यदि तपाइ बीए.१को सम्पर्कमा हुनुहुन्छ भने त्यहाँ संक्रमित हुने सम्भावना २९ प्रतिशतसम्म रहन्छ ।’ अनुसन्धानले ओमिक्रोनको बीए.१ र बीए.२ उप-भेरियन्टहरूसँग संक्रमणले अस्पतालमा भर्ना हुने जोखिममा कुनै भिन्नता नभएको पनि पत्ता लगाएको छ ।

विज्ञहरुका अनुसार बीए.२ स्ट्रेनमा आनुवंशिक विशेषताहरू छन् जसले ओमिक्रोनको पहिलो सब-स्ट्रेनभन्दा बढी संक्रामक बनाउँछ। यसले मानव प्रतिरक्षा प्रणालीलाई सजिलैसँग पराजित गर्न सक्षम छ। जसकारण पूर्ण खोप लगाएका र बूस्टर डोजहरू पनि यसबाट संक्रमित हुन थालेका छन्।

विश्वव्यापी रूपमा ओमिक्रोनको केसहरु बिए-१को देखिएको छ। यद्यपि, बीए.२ले यसलाई छिटो प्रतिस्थापन गर्दैछ। अमेरिका, बेलायत, भारत, स्वीडेन र नर्वेलगायत धेरै देशहरूमा केसहरू रिपोर्ट गरिएको छ।

–एजेन्सी 


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ