२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटएभरेष्ट अस्पतालबाट ग्याष्ट्रो लिभर फाउण्डेसन नेपालले निरन्तर सेवा दिँदै

एभरेष्ट अस्पतालबाट ग्याष्ट्रो लिभर फाउण्डेसन नेपालले निरन्तर सेवा दिँदै


काठमाडौँ – करिब २० वर्षदेखि एभरेष्ट अस्पताल प्रा.लि.ले निरन्तर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ। नयाँबानेश्वरस्थित यस अस्पतालले एउटै छानामुनि विभिन्न सेवा दिँदै आएको छ ।

अस्पतालले नयाँ-नयाँ सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । जसमध्येको एक हो, ग्याष्ट्रो लिभर फाउण्डेसन नेपाल । अस्पतालले यस फाउण्डेसन करिब दुई वर्षदेखि सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ । यस फाउण्डेसनका अध्यक्ष तथा पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कुमार कश्यप रहेका छन भने अर्का विशेषज्ञ डा. अबशेष भण्डारी पनि यसै फाउन्डेशनमा कार्यरत छन ।

डा. कश्यपका अनुसार यस फाउण्डेसनले हाल ग्याष्ट्रोसँग सम्बन्धित इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता सम्पूर्ण रोगको उपचार गर्नुको साथै लिभरसँग सम्बन्धीत हेपटाइटिस ‘ए’ देखि ‘इ’सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभरसँग सम्बन्धित  सम्पूर्ण रोगको उपचार गरिन्छ ।

सानो र ठूलो गरी मान्छेका दुईखाले आन्द्रा हुन्छन् । मलद्वारबाट दूरबिन छिराइ ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो । आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ। आन्द्राको भित्तामा देखा परेको स–सानो खोट निकाल्नेदेखि शंकास्पद मासुको टुक्रा निकालेर वायोप्सी गर्न पठाउनेसम्मको काममा कोलोनोस्कोपीको प्रयोग हुन्छ। यसले एक मिलिमीटरसम्मको मासु पलाएको खुट्याउँछ।

ठूलो आन्द्रा र मलद्वार बीचको भागलाई सिग्मोइड भनिन्छ। मलद्वारबाट सिग्मोईडमा दूरबीन छिराएर गरिने जाँचलाई सिग्मोईडोस्कोपी भनिन्छ। कोलोनोस्कोपीले पूरै आन्द्रा (मलद्वारबाट करीब पाँच फिटसम्म) जाँचिन्छ भने सिग्मोईडोस्कोपीले दुई फिटसम्म मात्र जाँच्न मिल्छ।

दिसामा अनायास रगत देखियो वा दिसा कालो भयो भने तुरुन्त जँचाउनुपर्छ। त्यसरी दिसा जाँच्दा रक्तकणिका भेटिएमा, कसैको दिसा एकाएक कहिले पातलो हुने, कहिले कब्जियत हुने भएमा, उमेर ढल्केका मानिसहरूमा विना कारण रक्त अल्पता हुँदा र अन्य लक्षणहरूबाट आन्द्रामा क्यान्सर लागेको शंका लागेमा कोलोनोस्कोपी गराउनुपर्छ । त्यस क्रममा आन्द्रामा मासु पलाएको वा घाउ भएको देखिएमा वायोप्सी गरेर क्यान्सर भएको वा नभएको खुट्याइन्छ।आन्द्रामा कुनै पनि ठोस पदार्थ (दिसा) नभएको अवस्था बनाएर कोलोनोस्कोपी गराउँदा सबै भागमा राम्ररी जाँच गर्न सजिलो हुन्छ ।

नेपालका धेरै मानिसहरु कोलोनोस्कोपीबारे अनविज्ञ छन् । काठमाडौं उपत्यका बाहिरका केन्द्रीय अस्पतालमा पनि यो प्रविधि उपलब्ध छ । तर जनचेतना अभावका कारण कोलोनोस्कोपीको प्रयोग न्यून भएको कश्यप बताउँछन् । सिकिस्त भएर मात्रै अस्पताल पुगेर कोलोनोस्कोपी गर्ने चलनले धेरैलाई वर्वाद बनाएको उनको भनाइ छ ।

‘धेरैले कोलोनोस्कोपी जाँच महँगोरहेको गुनासो गरेको पाइन्छ।, तर यो महँगो छैन । सस्तोमै उपचार गर्न सकिन्छ । सस्तोमा पनि गर्न नसक्नेका लागि ग्यास्ट्रो लिभर फाउण्डेशन नेपाल विकल्प हुनसक्छ, ‘उनले भने।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ