गृहपृष्ठ ∕ अन्य ∕ पेनक्रियाज र मिर्गौलालाई सक्रिय राख्ने योगासन पेनक्रियाज र मिर्गौलालाई सक्रिय राख्ने योगासन हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया