गृहपृष्ठ ∕ अन्य ∕ पेनक्रियाज र मिर्गौलालाई सक्रिय राख्ने योगासन पेनक्रियाज र मिर्गौलालाई सक्रिय राख्ने योगासन हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं… डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले