२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ जानकी मेडिकल कलेजको नयाँ भवनको अनावरण

जानकी मेडिकल कलेजको नयाँ भवनको अनावरण


जनकपुर—मधेस प्रदेशको धनुषास्थित जानकी मेडिकल कलेजको नयाँ भवनको अनावरण कार्य सम्पन्न भएको छ ।

जानकी मेडिकल कलेजले श्री जया माताको प्रमुख आतिथ्यमा भव्य कार्यक्रम आयोजना गरेर कलेजको नयाँ शैक्षिक भवन ‘तिरुपति जया भवन’को अनावरण गराएको हो ।

उक्त भवनलाई श्री जया माताकै नाममा नामाकरण गरिएको छ ।

अनावरण कार्यक्रममा नर्सिङलगायत प्रथम र दोश्रो वर्षका विद्यार्थीहरूले सांस्कृतिक मैथिली नृत्य प्रस्तुत गरेका थिए । त्यस अलावा विद्यार्थीहरूले मिथिला चित्रकलाको प्रदर्शनी समेत गरेका थिए

जानकी मेडिकल कलेजले स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू उत्पादन गर्ने लक्ष्य लिएर अघि बढिरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ