२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अर्किडले आमाहरूका लागि विशेष छुटमा फिजियो थेरापी वेलनेस प्याकेज सञ्चालन गर्ने

अर्किडले आमाहरूका लागि विशेष छुटमा फिजियो थेरापी वेलनेस प्याकेज सञ्चालन गर्ने


काठमाडौं—आमा मुख हेर्ने दिनको अवसर पारेर बसुन्धरास्थित अर्किड फिजियो एण्ड रिह्याबिलिटेसनले विशेष छुटमा आमाहरुका लागि वेलनेस प्याकेज उपलब्ध गराउने भएको छ । अर्किडले १९ देखि ३० बैशाखसम्म आमाहरुका लागि फिजियो थेरापी वेलनेस प्याकेज छुटमा उपलब्ध गराउने अध्यक्ष यमुना कटुवालले जानकारी दिइन् ।

उनकाअनुसार यो प्याकेजमा आमाहरुलाई विशेष छुट दिइनेछ । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म यो प्याकेजअन्तर्गत फिजियो सम्बन्धी सबै सेवाहरु उपलब्ध गराइने उनले जानकारी दिइन् । जसमा हाड तथा मांसपेशी सम्बन्धि दुखाइ कम गर्ने सेवाहरु उपलब्ध गराइने छ ।

अर्किडले हाडजोर्नी, मांसपेशी तथा नसा सम्बन्धि समस्या, बाथ रोग, बढ्दो उमेर सम्बन्धि समस्या, शल्यक्रिया अघि र शल्यक्रियापछि आवश्यक पर्ने फिजियो थेरापी सेवाहरु उपलब्ध गराउँदैं आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ