गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ वीर अस्पतालमा रहेका बिरामीलाई घर ल्याउन वडाअध्यक्षको सहयोग वीर अस्पतालमा रहेका बिरामीलाई घर ल्याउन वडाअध्यक्षको सहयोग जीवन लामा मंगलवार, २०७९ जेठ २४ गते, १०:११ मा प्रकाशित चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिकाका लालबहादुर थापालाई वीर अस्पतालबाट घर ल्याउन वडाअध्यक्षले सहयोग गरेका छन् । कालिञ्चोक गाउँपालिका–६ लापिलाङ निवासी लालबहादुर थापालाई वीर अस्पतालमा प्यारालाइसिसको उपचारको लागि लगिएको थियो । वडा नं. ६ का वडाअध्यक्ष भरत पाण्डेले आर्थिक अवस्था कमजोर रहेका थापालाई काठमाडौंमा एम्बुलेन्स पठाएर घर फर्कन आर्थिक सहयोग गरेका हुन् । उनले थापालाई घर ल्याउनको लागि एम्बुलेन्स खर्चबापत पाँच हजार र वडासदस्य राजकुमार अधिकारीले दुई हजार गरी सात हजार नगद सहयोग गरेका हुन् । थापा लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रसित भएर वीर अस्पतालमा उपचार गरिरहेका छन् । उनको आर्थिक अवस्था कमजोर भएकै कारण यसअघि पनि कालिञ्चोक सरोकार विपद् उद्धार समाजका संयोजक टेकराज शिवाकोटीलगायतले अस्पताल पुगेरै दश हजार पाँच रुपैयाँ सहयोग गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ