२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यवर्ल्ड हेल्थ नेटवर्कद्वारा मंकीपक्स महामारी घोषणा गर्न माग, ५८ देशका ३४१७ जनामा संक्रमण पुष्टि

वर्ल्ड हेल्थ नेटवर्कद्वारा मंकीपक्स महामारी घोषणा गर्न माग, ५८ देशका ३४१७ जनामा संक्रमण पुष्टि


कोभिड—१९ को बढ्दो संक्रमणकाबीच संसारभर मंकीफक्सको खतरा पनि बढिरहेको छ । वर्ल्ड हेल्थ नेटवर्क (डब्लूएचएन) मंकीपक्सलाई महामारी घोषणा गरिसकेको छ ।

तथ्यांकअनुसार अहिलेसम्म ५० देशमा मंकीपक्सको संक्रमण पुष्टि भइसकेको छ । यसबाट ३ हजार ४ सय १७ जना संक्रमित भइसकेका छन् । मंकीपक्सको पहिलो केस ६ मेमा ब्रिटेनमा देखिएको थियो ।

डब्लूएचएन एउटा यस्तो नेटवर्क हो जसमा कयौं देशको सयौ वैज्ञानिकहरु एवं हेल्थ एक्सपर्ट जोडिएका छन् । यो ग्लोबल, नेसनल र स्थानीय लेभलमा महामारीको पहिचान गरेर त्यसको निवारणमा काम गर्छ ।

मंकीपक्सको पब्लिक हेल्थ इमर्जेन्सी घोषित गर्नुपर्छ वा पर्दैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठनको बैठक समेत बसिसकेको छ । वासिंगटन पोष्टको रिपोर्टअनुसार विश्व स्वास्थ्य संगठनका अधिकारीहरु शुक्रबारसम्म यसबारेमा निर्णय लिन सक्छन् । यदि विश्व स्वास्थ्य संगठनले मंकीफक्सलाई महामारी घोषणा गरेमा संसारभरका सरकारहरुले यसको निवारणका लागि कार्य गर्नुपर्नेछ ।

डब्लूएचएनले आफ्नो धारणा सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनलाई मंकीपक्सबारे ग्लोबल एक्सन लिन मा गरेको हो । उसले संसारलाई यो संक्रमणबाट बचाउने यो उचित समय भएको पनि उल्लेख गरेको छ ।

 मंकीपक्सका सबैभन्दा बढी ८ सय केस बेलायतमा मात्रै पुष्टि भएका छन् । बेलायतपछि स्पेन, जर्मनी र पोर्चुगललगायतका देशहरुमा पनि मंकीफक्सको संक्रमण पुष्टि भइसकेको छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ