गृहपृष्ठ ∕ वैकल्पिक चिकित्सा ∕ स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग हेल्थ आवाज बिहीबार, २०७९ साउन १९ गते, ०५:०६ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल सरोकारवालाहरु भन्छन्, ‘आयुर्वेद विकासका लागि एक हुनुपर्छ’ धौलागिरी आयुर्वेद औषधालयमा अकुपञ्चर र क्षारसूत्र सर्जरी सेवा सुरू यसरी बुझौं योगको महत्व एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण यौगिक कर्मद्धारा आफूलाई चिनौं –गुरुदेशलाई चिनाऔं धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट ७ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सल्यान कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सल्यान कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु