गृहपृष्ठ ∕ वैकल्पिक चिकित्सा ∕ स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग स्मरण शक्ति बढाउन मद्दत गर्ने यी योग हेल्थ आवाज बिहिवार, २०७९ साउन १९ गते, ०५:०६ मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले… योग तथा प्राकृतिक चिकित्सक संघको अध्यक्षमा पुनः डा. बस्नेत काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक… होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित सुधार, नरम आहार दिन सुरु औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू