२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेशनल प्याथ ल्याबमा सिटिजन्स बैकका ग्राहकलाई १७ प्रतिशतसम्म छुट

नेशनल प्याथ ल्याबमा सिटिजन्स बैकका ग्राहकलाई १७ प्रतिशतसम्म छुट


काठमाडौँ—महाराजगन्जस्थित ‘क’ वर्गको नेशनल प्याथ ल्याब र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र हेल्थ प्याकेजमा १७ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ