गृहपृष्ठ ∕ अन्य ∕ आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह हेल्थ आवाज बिहीबार, २०७९ असोज २७ गते, १२:४४ मा प्रकाशित हाम्रो आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। तर, यदि हाम्रो आँखा एक क्षणको लागि पनि हामीबाट अलग भयो भने, हाम्रो जीवन अँध्यारो हुनेछ। लगातार मोबाइल, टिभी र ल्यापटपमा व्यस्त रहँदा हाम्रो आँखा कमजोर हुन थाल्छ । आँखा स्वस्थ छ वा छैन कसरी पहिचान गर्ने त ? स्वस्थ आँखाको पहिचान आँखाको सेतो भाग सेतो र कालो भाग कालो हुनुपर्छ । माथिल्लो ढकानीले अलिकति कालो भाग ढाकेको हुनुपर्छ र तलको ढकनीले कालो भागलाई छोएको हुनुपर्छ । आँखाको झिम्काई सामान्य दरमा (१५ देखि १८ पटक प्रति मिनेट) हुनुपर्छ । सिधा हेर्दा दुवै आँखा सोझो देखिनुपर्छ । आँखा ठिक्क ओसिलो हुनुपर्छ, न त ज्यादा सुख्खा न त धेरै आँसुले भरिएको । सामान्य प्रकाश भएको ठाउँमा आँखा पूरा खोल्न सक्नुपर्छ । कम प्रकाश भएको ठाउँमा पनि सामान्य व्यक्तिसरह हिडडुल गर्न सक्नुपर्छ । असामान्य दृष्टि कसरी छुट्याउने ? निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ । नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिदै हिड्नु । वस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु । वस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु । हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु । आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु । पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु । लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु । चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु । आँखाको गेडी लगातार हल्लिरहनु। कसरी गर्ने हेरचाह ? सफा पानीले दिनहुँ आँखा धुने। आफु वरिपरीको वातावरण सफा राख्ने। कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य चौकी, आँखा उपचार केन्द्र जाने। समय समयमा आँखाको परीक्षण गराउने। जथाभावी औषधी वा अन्य चीज आँखामा नराख्ने। बालबालिकालाई आँखामा चोटपटक लाग्न सक्ने सामान चलाउन नदिन। हरियो साग, पहेँला फलफूल, अण्डा, कलेजो जस्ता भिटामिन ‘ए’ यूक्त चिज प्रशस्त खाने । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी… एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन