गृहपृष्ठ ∕ अन्य ∕ आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह हेल्थ आवाज बिहीबार, २०७९ असोज २७ गते, १२:४४ मा प्रकाशित हाम्रो आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। तर, यदि हाम्रो आँखा एक क्षणको लागि पनि हामीबाट अलग भयो भने, हाम्रो जीवन अँध्यारो हुनेछ। लगातार मोबाइल, टिभी र ल्यापटपमा व्यस्त रहँदा हाम्रो आँखा कमजोर हुन थाल्छ । आँखा स्वस्थ छ वा छैन कसरी पहिचान गर्ने त ? स्वस्थ आँखाको पहिचान आँखाको सेतो भाग सेतो र कालो भाग कालो हुनुपर्छ । माथिल्लो ढकानीले अलिकति कालो भाग ढाकेको हुनुपर्छ र तलको ढकनीले कालो भागलाई छोएको हुनुपर्छ । आँखाको झिम्काई सामान्य दरमा (१५ देखि १८ पटक प्रति मिनेट) हुनुपर्छ । सिधा हेर्दा दुवै आँखा सोझो देखिनुपर्छ । आँखा ठिक्क ओसिलो हुनुपर्छ, न त ज्यादा सुख्खा न त धेरै आँसुले भरिएको । सामान्य प्रकाश भएको ठाउँमा आँखा पूरा खोल्न सक्नुपर्छ । कम प्रकाश भएको ठाउँमा पनि सामान्य व्यक्तिसरह हिडडुल गर्न सक्नुपर्छ । असामान्य दृष्टि कसरी छुट्याउने ? निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ । नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिदै हिड्नु । वस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु । वस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु । हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु । आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु । पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु । लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु । चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु । आँखाको गेडी लगातार हल्लिरहनु। कसरी गर्ने हेरचाह ? सफा पानीले दिनहुँ आँखा धुने। आफु वरिपरीको वातावरण सफा राख्ने। कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य चौकी, आँखा उपचार केन्द्र जाने। समय समयमा आँखाको परीक्षण गराउने। जथाभावी औषधी वा अन्य चीज आँखामा नराख्ने। बालबालिकालाई आँखामा चोटपटक लाग्न सक्ने सामान चलाउन नदिन। हरियो साग, पहेँला फलफूल, अण्डा, कलेजो जस्ता भिटामिन ‘ए’ यूक्त चिज प्रशस्त खाने । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य