२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ भारतमा आजदेखि नाक खोप लगाइँदै

भारतमा आजदेखि नाक खोप लगाइँदै


भारत सरकारले आजदेखि आफ्नो खोप तालिकामा वयस्कहरूको लागि बुस्टर डोजको रूपमा इन्ट्रानसल कोभिड भ्याक्सिन समावेश गर्न अनुमोदन गरेको छ ।

जापान–चीन लगायत अन्य केही देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भारत सरकारले यो ठुलो निर्णय गरेको हो । अब सुईले होइन, नाकमा दुई थोपा हालेर कोरोनाबाट सुरक्षा पाउन सकिन्छ । आजबाट यो नाक खोप भारतको को–विन पोर्टलमा समावेश गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यो नाक खोप १८ वर्षभन्दा माथिका मानिसहरूलाई बुस्टर डोजको रूपमा दिइनेछ । भारत बायोटेकको यो नाक खोपको नाम इन्कोभ्याक हो र यो खोप भारत बायोटेकले अमेरिकाको वासिङ्टन विश्वविद्यालयसँगको सहकार्यमा तयार गरेको हो ।
यसलाई केवल नाकमा दुई थोपा हालिनेछ । यसको लागि आजदेखि को–विन पोर्टलमा दर्ता गर्न सकिन्छ ।

भारत बायोटेकले बनाएको खोप अहिले निजी केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ जनाइएको छ । कोभिसिल्ड र कोभ्याक्सिन लिइसकेका व्यक्तिहरूले पनि यो नाक खोपलाई हेट्रोलोगस बूस्टरको रूपमा लिन सक्छन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ