गृहपृष्ठ ∕ विश्व ∕ भारतमा आजदेखि नाक खोप लगाइँदै भारतमा आजदेखि नाक खोप लगाइँदै हेल्थ आवाज शुक्रबार, २०७९ पुस ८ गते, १६:३७ मा प्रकाशित भारत सरकारले आजदेखि आफ्नो खोप तालिकामा वयस्कहरूको लागि बुस्टर डोजको रूपमा इन्ट्रानसल कोभिड भ्याक्सिन समावेश गर्न अनुमोदन गरेको छ । जापान–चीन लगायत अन्य केही देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भारत सरकारले यो ठुलो निर्णय गरेको हो । अब सुईले होइन, नाकमा दुई थोपा हालेर कोरोनाबाट सुरक्षा पाउन सकिन्छ । आजबाट यो नाक खोप भारतको को–विन पोर्टलमा समावेश गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यो नाक खोप १८ वर्षभन्दा माथिका मानिसहरूलाई बुस्टर डोजको रूपमा दिइनेछ । भारत बायोटेकको यो नाक खोपको नाम इन्कोभ्याक हो र यो खोप भारत बायोटेकले अमेरिकाको वासिङ्टन विश्वविद्यालयसँगको सहकार्यमा तयार गरेको हो । यसलाई केवल नाकमा दुई थोपा हालिनेछ । यसको लागि आजदेखि को–विन पोर्टलमा दर्ता गर्न सकिन्छ । भारत बायोटेकले बनाएको खोप अहिले निजी केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ जनाइएको छ । कोभिसिल्ड र कोभ्याक्सिन लिइसकेका व्यक्तिहरूले पनि यो नाक खोपलाई हेट्रोलोगस बूस्टरको रूपमा लिन सक्छन् । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरू धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ रेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ रेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न