गृहपृष्ठ ∕ विश्व ∕ भारतमा आजदेखि नाक खोप लगाइँदै भारतमा आजदेखि नाक खोप लगाइँदै हेल्थ आवाज शुक्रबार, २०७९ पुस ८ गते, १६:३७ मा प्रकाशित भारत सरकारले आजदेखि आफ्नो खोप तालिकामा वयस्कहरूको लागि बुस्टर डोजको रूपमा इन्ट्रानसल कोभिड भ्याक्सिन समावेश गर्न अनुमोदन गरेको छ । जापान–चीन लगायत अन्य केही देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भारत सरकारले यो ठुलो निर्णय गरेको हो । अब सुईले होइन, नाकमा दुई थोपा हालेर कोरोनाबाट सुरक्षा पाउन सकिन्छ । आजबाट यो नाक खोप भारतको को–विन पोर्टलमा समावेश गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यो नाक खोप १८ वर्षभन्दा माथिका मानिसहरूलाई बुस्टर डोजको रूपमा दिइनेछ । भारत बायोटेकको यो नाक खोपको नाम इन्कोभ्याक हो र यो खोप भारत बायोटेकले अमेरिकाको वासिङ्टन विश्वविद्यालयसँगको सहकार्यमा तयार गरेको हो । यसलाई केवल नाकमा दुई थोपा हालिनेछ । यसको लागि आजदेखि को–विन पोर्टलमा दर्ता गर्न सकिन्छ । भारत बायोटेकले बनाएको खोप अहिले निजी केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ जनाइएको छ । कोभिसिल्ड र कोभ्याक्सिन लिइसकेका व्यक्तिहरूले पनि यो नाक खोपलाई हेट्रोलोगस बूस्टरको रूपमा लिन सक्छन् । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता