२०८२ मंसीर २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यवैकल्पिक स्वास्थ्य अगाडि लैजान नेपालको लोट्स र दुबईको सी थिओरीबीच सहकार्य

वैकल्पिक स्वास्थ्य अगाडि लैजान नेपालको लोट्स र दुबईको सी थिओरीबीच सहकार्य


काठमाडौं—लोटस माइन्डफुल्नेस एंड रिल्याकसेसन् सर्विसेजले सी थिओरी जिएमसीसीसँग सहकार्य सुरु गरेको छ। लोटस काठमाडौंको ठमेल स्थित ध्यान तथा योग सम्बन्धित वैकल्पिक स्वास्थ्य र समग्र समाधान प्रदायकको रुपमा सेवा दिदै आएको छ ।

सी थियोरी पनि यही क्षेत्रमा सेवा प्रदान गर्ने दुबईमा रहेको छ । सहकार्यको दिशानिर्देशनका लागि तयार गरिएको सम्झौता पत्रमा लोटसका संस्थापक अरविन्द शाक्य र सी थियोरी जिएमसीसी का संस्थापक खुशाल पुरी र पेनिलोप सारोसले हस्ताक्षर गरेका छन् ।

वैकल्पिक र समग्र स्वास्थ्य सेवाहरू अझै अगाडि लैजान र सोही सेवाहरु देश र विदेशका नागरिकहरुसम्म विस्तार गर्ने हेतुले दुई संस्था हातेमालो गरेका हुन् ।

सम्झौतामा आगामी दिनमा विभिन्न प्रशिक्षण र तालिम कार्यक्रम आयोजना गरेर वैकल्पिक स्वस्थ क्षेत्रमा कामगर्ने दक्ष जनशक्ति तयार गर्ने र विभिन्न रिट्रीटजस्ता कार्यक्रमहरू आयोजना गर्ने उल्लेछ ।

लोटसका संस्थापक अरविन्दकाअनुसार सी थियोरीसँगको सहकार्यले धेरै अवसरका ढोकाहरू खोलेको छ । ‘हामी विश्वास गर्छौं कि यस संघले खुशी र स्वस्थ समुदायहरू निर्माण गर्न हाम्रो दृष्टिकोणलाई थप समर्थन गर्नेछ,’ उनले भने, ‘साथसाथै वैकल्पिक स्वास्थ्यको क्षेत्रमा संयुक्त अनुसन्धान हुनेछ। हामीसँग हाम्रो संयुक्त भविष्यको लागि धेरै रोमाञ्चक योजनाहरु छन् ।’

सी थियोरीका संस्थापक खुशाल आगामी दिनमा आयोजना हुने प्रशिक्षण कार्यक्रमहरू अन्तर्राष्ट्रिय रूपमा चिकित्सकहरूको अन्तर्राष्ट्रिय संघ र होलिस्टिक मेडिसिनका अन्तर्राष्ट्रिय चिकित्सकहरूद्वारा मान्यता प्राप्त हुने बताउँछन् । ‘हामी लोटससँग सहकार्य गरी वैकल्पिक र होलिस्टिक स्वास्थ्य सेवा, परामर्श र तालिम प्रदान गर्न पाउँदा गर्व र उत्साहित छौं,’ उनी भन्छन् ।

सहकार्यको सुरुवातकै अवसर पारेर गत डिसेम्बर २५ र ३०, २०२२ मा नेपालमा पहिलो पटक क्वार्ट्ज क्रिस्टल बाउल्स साउन्ड हिलिंग परिचय पनि गरिएको थियो। कार्यक्रममा कुल ३० जना स्थानीय तथा अन्तर्राष्ट्रिय सहभागीहरु थिए।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ