२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ जीवित शिशुलाई डाक्टरले मृत घोषणा गरेको घटनाको छानबिन हुने, तीन सदस्य छानबिन टोली गठन 

जीवित शिशुलाई डाक्टरले मृत घोषणा गरेको घटनाको छानबिन हुने, तीन सदस्य छानबिन टोली गठन 


विराटनगर _ विराटनगरस्थित कोसी अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर आकाश यादवले मृत घोषणा गरेको घटनाको अनुसन्धान गर्न तीन सदस्य छानबिन समिति गठन भएको छ ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वको तीन सदस्यीय कमिटी बिहीबार गठन भएको हो । समितिमा अन्य दुई जनामा बाल रोग विशेषज्ञ डा. सुर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार घटनाको छानबिन बिहीबारबाट सुरु हुने बताए ।

बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए ।

डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरि मृत घोषणा गरेपछि बुधवार अस्पताल दिनभरी तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ