२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ झाडापखालाबाट सुत्केरीको मृत्यु

झाडापखालाबाट सुत्केरीको मृत्यु


सुर्खेत –  झाडापखालाबाट चार महिने सुत्केरीको मृत्यु भएको छ । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–११ रैकरका २२ वर्षीया अमृता विकको मृत्यु भएको हो ।

सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलबाट मेट्रो नामक औषधि किनेर सेवन गरेको तर औषधि ठिक नभई थप समस्या देखिएपछि उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।

पहिला सामान्य जस्तो लागेकाले मेडिकलको औषधिको भर पर्दा समयमै अस्पताल पुर्‍याउन नसकेको मृतक महिलाको काका ससुरा तुलसी विकले बताए ।

मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडी मुलुक दुबई गएका र घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या नदेखिएको परिवारले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ