२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररास्वपा सरकारबाट फिर्ता, स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा पनि बाहिरिने

रास्वपा सरकारबाट फिर्ता, स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा पनि बाहिरिने


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको बैंठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो ।

रास्वपाले सत्ता गठबन्धन दलहरुबीच भएको बागबण्डा असन्तुष्टि जनाउँदैं सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

‘वर्तमान सरकारलाई दिएको समर्थन यथावत राख्दैं सरकारबाट फिर्ता हुने सर्वसम्मत निर्णय गरेको छ,’ बैठकपछि सभापति रवि लामिछानेले भने, ‘आज हाम्रा मन्त्रीहरुले प्रधानमन्त्रीज्यूलाई राजीनामा बुझाउनु हुनेछ ।’

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाबाट राज्यमन्त्री भएकी डा. तोषिमा कार्की पनि सरकारबाट बाहिरिने छन् । ललितपुर ३ बाट प्रतिनिधीसभामा विजयी भएकी कार्की वर्तमान सरकारमा स्वास्थ्य राज्यमन्त्री थिइन् ।

रास्वपा तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा गएको थियो । तर, सर्वोच्चले सभापति लामिछानेको नागरिकता लिन प्रक्रिया नपु¥याएको भन्दैं उनको उपप्रधानसहित गृहमन्त्री, सांसद पद खारेज गरिदिएको थियो ।

उनको सांसद पद खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए । त्यसपछि रास्वपाले सरकारबाट बाहिरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ