२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अन्य समूहबाट गरिएको बढुवा रद्ध गर्न चिकित्सकहरुको माग

प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अन्य समूहबाट गरिएको बढुवा रद्ध गर्न चिकित्सकहरुको माग


काठमाडौं—बागमती प्रदेश सरकारले जहेस समूहबाहेक हेल्थ इन्स्पेक्सन र एकीकृत चिकित्सा समूहबाट ५ जनालाई ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा बढुवा गरेपछि चिकित्सकहरुले त्यसलाई रद्ध गर्न माग गरेका छन् । चिकित्सकका प्रमुख तीन वटा संगठनले उक्त बढुवा नियमसंगत नभएको भन्दैं रद्ध गर्न माग गरेका हुन् ।

नेपाल चिकित्सक संघ (एनएमए), सरकारी चिकित्सक संघ र सरकारी चिकित्सक संघ बागमती प्रदेशले संयुक्त रुपमा बागमती प्रदेश लोकसेवा आयोग र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई पत्राचार गर्दै उक्त बढुवा रद्ध गर्न माग गरेका हुन् । उनीहरुले बढुवा रद्ध गर्न माग गरिएको पत्र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, केन्द्रीय लोकसेवा आयोग र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि बोधार्थ बुझाएका छन् ।

बढुवा नियमसंगत नहुनुका ७ वटा तर्कहरु उक्त पत्रमा पेश गरिएको छ । पछिल्लो बढुवाले अस्पतालहरुमा हेल्थ इन्पेक्सन र एकीकृत चिकित्सा समूहका व्यक्तिहरुले समेत नेतृत्व गर्न सक्ने अवस्था सिर्जना भएको भन्दैं चिकित्सकहरुले उक्त बढुवा कानुनसम्मत नभएको भन्दैं विरोध गरिरहेका छन् ।

२२ असारमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ११ औं तहमा जहेसबाहेक अन्य समूहबाट पाँच जनालाई बागमती प्रदेश क्याबिनेटले बढुवा गरेको थियो ।

चिकित्सकहरुले बुझाएको माग पत्र


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ