२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशप्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अन्य समूहबाट गरिएको बढुवा रद्ध गर्न चिकित्सकहरुको माग

प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अन्य समूहबाट गरिएको बढुवा रद्ध गर्न चिकित्सकहरुको माग


काठमाडौं—बागमती प्रदेश सरकारले जहेस समूहबाहेक हेल्थ इन्स्पेक्सन र एकीकृत चिकित्सा समूहबाट ५ जनालाई ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा बढुवा गरेपछि चिकित्सकहरुले त्यसलाई रद्ध गर्न माग गरेका छन् । चिकित्सकका प्रमुख तीन वटा संगठनले उक्त बढुवा नियमसंगत नभएको भन्दैं रद्ध गर्न माग गरेका हुन् ।

नेपाल चिकित्सक संघ (एनएमए), सरकारी चिकित्सक संघ र सरकारी चिकित्सक संघ बागमती प्रदेशले संयुक्त रुपमा बागमती प्रदेश लोकसेवा आयोग र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई पत्राचार गर्दै उक्त बढुवा रद्ध गर्न माग गरेका हुन् । उनीहरुले बढुवा रद्ध गर्न माग गरिएको पत्र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, केन्द्रीय लोकसेवा आयोग र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि बोधार्थ बुझाएका छन् ।

बढुवा नियमसंगत नहुनुका ७ वटा तर्कहरु उक्त पत्रमा पेश गरिएको छ । पछिल्लो बढुवाले अस्पतालहरुमा हेल्थ इन्पेक्सन र एकीकृत चिकित्सा समूहका व्यक्तिहरुले समेत नेतृत्व गर्न सक्ने अवस्था सिर्जना भएको भन्दैं चिकित्सकहरुले उक्त बढुवा कानुनसम्मत नभएको भन्दैं विरोध गरिरहेका छन् ।

२२ असारमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ११ औं तहमा जहेसबाहेक अन्य समूहबाट पाँच जनालाई बागमती प्रदेश क्याबिनेटले बढुवा गरेको थियो ।

चिकित्सकहरुले बुझाएको माग पत्र


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ