गृहपृष्ठ ∕ समाचार ∕ १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर डा. विमलकुमार थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शुक्रबार, २०८१ असोज ११ गते, १३:०५ मा प्रकाशित नेपाली महिलामा पाठेघरको रोग ठूलो समस्या बन्ने गरेको छ । पाठेघरको मुखमा हुने क्यान्सर एउटा गम्भीर समस्या हो । तर, पाठेघरको मुखमा हुने क्यान्सर पाठेघरभित्रको क्यान्सरभन्दा केही मानेमा फरक छ । पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लाग्छ र उपचार गर्न सकिन्छ । नियमित चेकजाँच गर्यो भने यो क्यान्सर पूर्ण रूपमा निर्मूल पार्न सकिन्छ । तर, क्यान्सर फैलिएर अप्रेसन नै गर्न नसकिने, सेकेर पनि नहुने, औषधिले पनि नछुने अवस्था भएपछि मात्रै महिलाहरू अस्पताल धाउनाले समस्या जटिल बन्ने गरेको छ । पाठेघरको मुखको पानी जँचाएर क्यान्सर छ कि छैन पत्ता लगाउन सकिन्छ । वेला–वेला पाठेघर चेक गराउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो चलन नेपाली महिलाहरूमा कमै छ । रोगले गालेपछि मात्रै अस्पताल आउने गर्छन् । पाठेघरको मुखको क्यान्सर हुँदै छ भन्ने पहिल्यै थाहा पाउन पनि सकिन्छ । क्यान्सर हुँदै छ भन्ने कुरा १० वर्षअघि नै थाहा पाउन सकिन्छ । वेलैमा जाँच गराउँदा सामान्य रूपमै पाठेघरको मुखको क्यान्सर ठीक पार्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर जाँच गर्ने सजिलो तरिका नेपालमै छ । भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड)बाट पाठेघरको मुखको जाँच गर्न सकिन्छ । यो विधिबाट चेकजाँच गर्नका लागि विशेषज्ञ डाक्टरकै आवश्यकता पनि पर्दैन । सिएमए, अनमी, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स सबैले जाँच गर्न सक्छन् । तर, एउटा निश्चित तालिम भने लिएको हुनुपर्छ । कुनै अप्रेसनविना केवल ५–७ मिनेटको जाँचमै पत्ता लाग्छ । शंका लागेमा गाइनोलोजिस्टले थप परीक्षण गरेर रोग निक्र्योल गर्छन् । विकसित देशमा युवा अवस्थामै पाठेघर परीक्षण गर्ने चलन छ । इंग्ल्यान्डमा २१ वर्ष पुग्नुभन्दा ६ महिनाअघि नै जाँच गर्ने व्यवस्था छ । आयरल्यान्डमा १८ वर्ष उमेरदखि नै जाँच गर्छन् । पाठेघरको मुखको क्यान्सर फैलिएर उपचार नै गर्न नसकिने अवस्था नहोस् भनेर पहिले नै सचेत छन्, विकसित राज्य । सामान्य सचेत हुँदा सजिलै निको पार्न सकिने र बेवास्ता गर्दा महिलाको ज्यानै जाने खतरनाक रोग हो, पाठेघरको क्यान्सर । ३५ वर्षमाथि उमेरका महिलाले नियमति रूपमा आफ्नो स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । ग्रामीण महिलालाई यो कुरा थाहा छैन । चेतनाको अभाव छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान