२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पताल बनाइदैं

आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पताल बनाइदैं


बुटवल—स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले थप एउटा स्वास्थ चौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने भएको छ । नगरपालिकाको वडा नंं. ६ सालघारीमा रहेको आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको हो ।

स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतीका लागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेको नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न रुपन्देही—२ का प्रतिनिधिसभा सदस्य एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाएका छन् । पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण समेत गरी आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैय्याको अस्पताल बन्छ, तपाईंहरु ढुक्क हुनुस्,’ पौडेलले भने, ‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पु¥याउँछु ।’

नगरपालिकाले हरेक वडामा कम्तिमा एउटा स्वास्थय संस्था पु¥याउने नीतिअनुरुप काम गरिरहेको बताए । ‘नगरपालिकाभित्र स्वास्थ्य संस्थाहरुको समुचित व्यवस्था होस् भन्ने गरी हामी काम गरिहेका छौं,’ उनले भने ।

उक्त स्वास्थय चौकीमा हाल दैनिक ५० जनाभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् भने महिनामा सरदर २० जनाले प्रसुती सेवा समेत लिने गरेका चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए । यो स्वास्थ्य चौकी तिलोत्तमा वडा नं ५, ६ र १३ का जनताका लागि पायक पर्ने ठाउँमा हो ।

स्वास्थ्य चौकीको केही दिनअघि स्वास्थ्य विभागका महानिर्देशक डा. रोशन पोखरेलले समेत स्थलगत निरीक्षण गरेका थिए । अस्पताल बनाउन १५ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ भने आनन्दवन स्वास्थ्य चौकीे १० कठ्ठा जग्गामा रहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ