गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा डा. कीर्तिपाल सुवेदी प्रसुती तथा स्त्री रोग विशेषज्ञ | परोपकार प्रसुती गृह आईतबार, २०८२ जेठ ४ गते, ११:१८ मा प्रकाशित सामान्य अवस्थाभन्दा गर्भावस्था तुलनात्मक रुपमा संवेगात्मक एवं संवेदनशील अवस्था हो । यो बेला महिलाले आफ्नो स्वास्थ्यको धेरै हेरविचार गर्नुपर्ने हुन्छ । महिलाले गरेको सानो लापरवाही तथा हेलचेक्रयाइले मात्रै पनि आमा–शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुने भएकोले गर्भावस्थामा आमामा देखिएको सानो परिवर्तनलाई पनि विशेष रुपमा ध्यान दिनुपर्दछ । गर्भावस्थामा महिलामा प्रत्येक महिना क्रमिक रुपमा केही न केही परिवर्तन त देखि नै रहन्छन् । तीमध्ये केही सामान्य हुन्छन् भने केहीले जटिल अवस्थातर्फ संकेत दिइरहेका हुन्छन् । तसर्थ, यस्तो समयमा हामीले देखिएका प्रत्येक परिवर्तनलाई ध्यानपूर्वक नियाल्नु पर्छ । भनेपछि के हुन् त? गर्भावस्थामा दैनिक ध्यान दिनुपर्ने मुख्य कुराः गर्भावस्थामा मुख्य रुपमा ध्यान दिनुपर्ने कुराहरुः नियमित चेक जाँच गराउने । शिशु चल्न थालेपछि १ दिनमा कम्तिमा पनि १२ देखि १४ पटकसम्म शिशु चले वा नचलेको ख्याल राख्ने । रक्तस्राव एवं सेतो पानी बगे—नबगेको ध्यान दिने । आफ्नो तौल कत्तिको मात्रामा बढिरहेको छ, त्यो पक्षमा ध्यान दिने । गर्भावस्थामा कसैको तौल नबढ्ने हुन्छ भने कसैको ह्वात्तै बढ्छ । गर्भावस्थामा गर्भवती कम्तिमा १० किलोसम्म बढ्नु सामान्य भएतापनि एकैचोटी तौल बढ्ने लक्षण थाइराइडको समस्या पनि हुनसक्छ । जसमा कसैको तौल १ महिनाको अवधिमा नै एकैपटक ३–४ केजी बढ्न सक्छ । जुन आमा तथा शिशु दुवैको निम्ति हानिकारक मानिन्छ । तसर्थ यस पक्षमा विशेष ध्यान दिने । गर्भवती महिलालाई स्याँ–स्याँ हुने समस्या देखिन्छ । तर, सामान्य रुपमा बाथरुम तथा ट्वाइलेट बस्दा श्वास फेर्न गाह्रो हुने, मुटु दुखेजस्तो हुने तथा मुटु धेरै धड्किने भएमा मुटुरोगको लक्षण हुनसक्छ । यस्तो भएमा चिकित्सकको तुरुन्त सल्लाह लिने । टाउको दुख्ने, आँखा धमिलो हुने र पेट दुख्ने लक्षण उच्च रक्तचापका लक्षण हुन् । तसर्थ, नियमित रक्तचाप परीक्षण गर्ने । पौष्टिक एवं उचित आहार खाने । बिबिरा नदेखिकन शरीर चिलाउन थालेमा गर्भवतीमा जोखिम बढ्दछ । तसर्थ, यस्ता समस्या आफूलाई देखा परे वा नपरेको ध्यान दिने । जण्डिस गर्भवतीका लागि जोखिमपूर्ण समस्या हो । तसर्थ, शरीरमा पहेलो देखिए वा नदेखिएको ख्याल गर्ने । ज्वरो आएमा, पिसाब पोल्ने समस्या भएमा वा पिसाब छिटो–छिटो लागेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल