गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा डा. कीर्तिपाल सुवेदी प्रसुती तथा स्त्री रोग विशेषज्ञ | परोपकार प्रसुती गृह आईतबार, २०८२ जेठ ४ गते, ११:१८ मा प्रकाशित सामान्य अवस्थाभन्दा गर्भावस्था तुलनात्मक रुपमा संवेगात्मक एवं संवेदनशील अवस्था हो । यो बेला महिलाले आफ्नो स्वास्थ्यको धेरै हेरविचार गर्नुपर्ने हुन्छ । महिलाले गरेको सानो लापरवाही तथा हेलचेक्रयाइले मात्रै पनि आमा–शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । कतिपय अवस्थामा गर्भपतन हुने सम्भावना पनि हुने भएकोले गर्भावस्थामा आमामा देखिएको सानो परिवर्तनलाई पनि विशेष रुपमा ध्यान दिनुपर्दछ । गर्भावस्थामा महिलामा प्रत्येक महिना क्रमिक रुपमा केही न केही परिवर्तन त देखि नै रहन्छन् । तीमध्ये केही सामान्य हुन्छन् भने केहीले जटिल अवस्थातर्फ संकेत दिइरहेका हुन्छन् । तसर्थ, यस्तो समयमा हामीले देखिएका प्रत्येक परिवर्तनलाई ध्यानपूर्वक नियाल्नु पर्छ । भनेपछि के हुन् त? गर्भावस्थामा दैनिक ध्यान दिनुपर्ने मुख्य कुराः गर्भावस्थामा मुख्य रुपमा ध्यान दिनुपर्ने कुराहरुः नियमित चेक जाँच गराउने । शिशु चल्न थालेपछि १ दिनमा कम्तिमा पनि १२ देखि १४ पटकसम्म शिशु चले वा नचलेको ख्याल राख्ने । रक्तस्राव एवं सेतो पानी बगे—नबगेको ध्यान दिने । आफ्नो तौल कत्तिको मात्रामा बढिरहेको छ, त्यो पक्षमा ध्यान दिने । गर्भावस्थामा कसैको तौल नबढ्ने हुन्छ भने कसैको ह्वात्तै बढ्छ । गर्भावस्थामा गर्भवती कम्तिमा १० किलोसम्म बढ्नु सामान्य भएतापनि एकैचोटी तौल बढ्ने लक्षण थाइराइडको समस्या पनि हुनसक्छ । जसमा कसैको तौल १ महिनाको अवधिमा नै एकैपटक ३–४ केजी बढ्न सक्छ । जुन आमा तथा शिशु दुवैको निम्ति हानिकारक मानिन्छ । तसर्थ यस पक्षमा विशेष ध्यान दिने । गर्भवती महिलालाई स्याँ–स्याँ हुने समस्या देखिन्छ । तर, सामान्य रुपमा बाथरुम तथा ट्वाइलेट बस्दा श्वास फेर्न गाह्रो हुने, मुटु दुखेजस्तो हुने तथा मुटु धेरै धड्किने भएमा मुटुरोगको लक्षण हुनसक्छ । यस्तो भएमा चिकित्सकको तुरुन्त सल्लाह लिने । टाउको दुख्ने, आँखा धमिलो हुने र पेट दुख्ने लक्षण उच्च रक्तचापका लक्षण हुन् । तसर्थ, नियमित रक्तचाप परीक्षण गर्ने । पौष्टिक एवं उचित आहार खाने । बिबिरा नदेखिकन शरीर चिलाउन थालेमा गर्भवतीमा जोखिम बढ्दछ । तसर्थ, यस्ता समस्या आफूलाई देखा परे वा नपरेको ध्यान दिने । जण्डिस गर्भवतीका लागि जोखिमपूर्ण समस्या हो । तसर्थ, शरीरमा पहेलो देखिए वा नदेखिएको ख्याल गर्ने । ज्वरो आएमा, पिसाब पोल्ने समस्या भएमा वा पिसाब छिटो–छिटो लागेमा पनि तुरुन्त चिकित्सकको परामर्श लिने । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस भण्डारी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट?