२०८२ जेठ २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी महासंघको बन्दसत्रमा भाँडभैलोः निर्वाचन अनिश्चित

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको बन्दसत्रमा भाँडभैलोः निर्वाचन अनिश्चित


काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको बन्दसत्रमा निर्वाचन मण्डलले जबरजस्ती एकलौटी रुपमा पदाधिकारीको नाम घोषणा गरेपछि भाँडभैलो मच्चिएको छ । शनिबार सुरु भएकोमहासंघको पाँचौ राष्ट्रिय  महाधिवेशन आइतबार र सोमबार दिनभरजसो सहमतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि अध्यक्ष मण्डलले पदाधिकारीहरुको नाम घोषणा गरेको थियो ।

तर, प्रतिनिधीहरुले त्यसलाई बहिष्कार गरेपछि अवस्था झन जटिल बनेको छ । अध्यक्ष मण्डलले नाम घोषणा गरिएरहेकै बेला केही प्रतिनिधीहरु त्यसलाई अस्वीकार गरेपछि हलमा होहल्ला मच्चिएको थियो । त्यसपछि निर्वाचन समितिले अध्यक्षमण्डलको नाम घोषणालाई वैधानिकता दिन नसकिने भन्दैं निर्वाचन स्थगित गरेको छ ।

सहमति नहुने अवस्था देखेपछि निर्वाचन समितिले आफ्नो कार्य अगाडि बढाइरहेको थियो । १८ जेठमा उसले उम्मेदवारी दर्ता, १९ जेठमा उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । त्यसपछि प्रारम्भिक नामावलीमाथि दावी विरोध तथा सामान्य त्रुटि संशोधन तथा फिर्ताको लागि कार्यतालिका निर्धारित समयभित्रमा निवेदन परी निर्वाचन समिति सो उपर छानविन गरिरहेको थियो । ठीक त्यही बेला अध्यक्ष मण्डलले सहमतिको प्रयास भन्दैं पछक पटक निर्वाचन समितिसँग समय माग गरेको थियो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भुवनप्रसाद निरौलाकाअनुसार पर्याप्त समय उलब्ध गराउँदा गराउँदैं पनि निर्वाचत समितिलाई कुनै जानकारी नगराई एकलौटी तरिकाले अवैधानिक रुपमा कार्यसमिति घोषणा गरिएपछि निर्वाचन स्थगति गरिएको हो । ‘निर्वाचत समितिलाई कुनै थाहा जानकारी नगराई नदिई एकलौटी तवरबाट नेकपा एमालेको पार्टी विधान तथा नियमावलीको व्यवस्था विपरित हुने गरी नाम घोषणा गरिएको हुँदा उक्त घोषणा पार्टी विधान तथा नियमावली विपरित भएकाले यस निर्वाचन समितिको मिति २०८१ २ १९ गते बेलुका ८ः३० बजे बसेको बैठकको निर्णयअनुसार हाललाई प्रस्तुत निर्वाचन कार्यक्रम अगाडि बढाउन नसकिएको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको बन्द सत्रमा भाँडभैलोः निर्वाचन अनिश्चित स्वास्थ्यकर्मी महासंघ नेपालको बाँकी निर्वाचत प्रक्रिया तथा कार्यक्रम स्थगित गरिएको व्यवहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ,’ निर्वाचन समितिले भनेको छ ।

यसअघि सोमबार दिउँसो पदाधिकारीको नाम हलमा टेबल हुँदा पनि हलले त्यसलाई अस्वीकृत गरिदिएको थियो । त्यसपछि महासंघको बन्दसत्र निर्वाचनतर्फ मोडिएको थियो । तर, अध्यक्षमण्डलले पुनः नाम हेरफेर गरेर कार्यसमिति एकलौटी रुपमा घोषणा गरेपछि थप विवाद चुलिनुका साथै निर्वाचन प्रक्रिया नै अनिश्चित बनेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ