गृहपृष्ठ ∕ समाचार ∕ विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित हेल्थ आवाज आईतबार, २०८२ असार २९ गते, १०:३८ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक निलम्बनमा परेकी छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले इमेलमार्फत क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बन (इनडिफिनिटीभ लिभ) परेको जानकारी सदस्य राष्ट्रहरुलई दिएका छन् । विश्व स्वास्थ्य संगठन स्रोतकाअनुसार छानविन नटुंगिन्जेलसम्मका लागि बाजेदलाई डब्लूएचओले ११ जुलाईबाट निलम्बन गरिएको हो । उनको निलम्बनको कारण भने खुलाइएको छैन । गत जुलाई ११ मा बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी)ले बाजेद विरुद्ध ठगी, कागजपत्र कीर्ते र पदको दुरुपयोग सम्बन्धी मुद्धा दायर गरेको थियो । डा. वाजेदले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिँदा पेश गरेको शैक्षिक योग्यता पनि झुटो भएको आरोप लागेको छ । डा. वाजेद आफ्नी आमा शेख हसिना बंगलादेश प्रधानमन्त्री हुँदा क्षेत्रीय निर्देशक चयन भएकी थिइन् । त्यतिबेला उनीमाथि शक्तिको दुरुपयोग गरेर निर्वाचित भएको आरोप लागेको थियो । डा. टेड्रोसले बाजेदको निलम्बन अवधिभर काम गर्नका लागि डा. काथारीना बोहमेलाई कार्यकारी क्षेत्रीय निर्देशकका रुपमा पठाइएको जानकारी समेत गराएका छन् । उनी १५ जुलाईमा दिल्ली आइपुग्ने समेत उक्त इमेलमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता यसरी बुझौं योगको महत्व