२०८३ वैशाख २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटफिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता

फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता


काठमाडौं—फिन्तारा सोलुसन्स प्रा. लि. नेपालको अग्रणी डिजिटल इएमआई एग्रिगेसन प्लेटफर्म वान बीएनपीएल सञ्चालन गर्ने कम्पनीले काठमाडौंको प्रतिष्ठित मल्टीस्पेसियालिटी स्वास्थ्य संस्था ब्लु क्रस हस्पिटलसँग सहकार्य सम्झौता गरेको छ। यस रणनीतिक साझेदारीमार्फत वान विएनपीएलका साझेदार बैंकहरूका क्रेडिट कार्डवाहकहरूलाई आफ्नो अस्पताल भुक्तानी शून्य ब्याजदरमा मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् ।

सम्झौताअन्तर्गत ब्लू क्रस हस्पिटलमा उपचार गर्न आउने बिरामीहरूले वान विएनपीएलका साझेदार बैंकहरूको क्रेडिट कार्डबाट ५ हजार रुपैयाँ वा सो भन्दामाथिको अस्पताल बिललाई ३ देखि १८ महिनासम्मको शून्य ब्याज किस्तामा सहजै रूपान्तरण गर्न सक्नेछन् । सम्पूर्ण प्रक्रिया डिजिटल, तत्काल र कागजरहित छ। यो अनुभव कुनै पसलमा क्रेडिट कार्डबाट किनमेल गरेजस्तै सरल छ।

यो सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवाको आर्थिक अवरोधलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। शून्य ब्याजमा किस्ता सुविधा प्रदान गरेर ब्लु क्रस हस्पिटलले आर्थिक अवस्थाले समयमै उपचार लिनबाट बञ्चित नहोस् भन्ने लक्ष्य राखेको छ ।

‘ब्लू क्रस हस्पिटलमा हाम्रो मिसन सधैं हाम्रा बिरामीलाई क्वालिटी एण्ड अफोर्टेबल हेल्थकेयर सर्विस प्रोभाइड गर्नु रहेको छ,’ ब्लूक्रस हस्पिटलकी वित्तिय तथा प्रशासनिक प्रमुख सति देवी गौतम सिंहले भनिन् ।

लिन्टारा सोलुसन्स प्रा. लि.का आशिष के शर्माले ब्लू क्रस हस्पिटलसँगको सहकार्य महत्वपूर्ण उपलब्धि भएको बताए । ‘स्वास्थ्य उपचारका खर्चहरू अक्सर अचानक र अत्यावश्यक हुन्छन्,’ उनले भने, ‘उपचारस्थलमै तत्काल, शून्य—ब्याज किस्ता सुविधा सक्षम बनाएर हामी बिरामीलाई बिलको आर्थिक चिन्ताभन्दा स्वास्थ्य लाभमा ध्यान केन्द्रित गर्न सशक्त बनाउँदैछौं। यो फिनटेकले एउटा वास्तविक मानवीय समस्या समाधान गरेको उदाहरण हो ।’

सम्झौताअनुसार ५ हजारभन्दा माथिको अस्पताल बिलमा ० प्रतिशत ब्याजदरमा किस्ता सुविधा, ३, ६, ९, १२, १५, १८ महिनाको लचिलो किस्ता अवधि, वान विएनपीएलका सबै साझेदार बैंकका क्रेडिट कार्डवाहकरूका लागि उपलब्ध, वान विएनपीएल प्लेटफर्ममार्फत सहज डिजिटल अनुभव, ब्लु क्रस हस्पिटलका सबै स्वास्थ्य सेवाहरूमा लागू हुने उल्लेख छ ।

वान विएनपीएलका नेपालको डिजिटल ईएमआई एग्रिगेसन प्लेटफर्म हो। यसले क्रेडिट कार्डमार्फत विभिन्न प्रकारका खरिदमा डिजिटल ईएमआई कन्भर्जन सम्भव बनाउँछ । हाल यसमा साझेदार बैंकहरू र १०० भन्दा बढी साझेदार व्यापारी संस्था आबद्ध छन्, जसले उपभोक्ताहरूलाई दैनिक जीवनमा लचिलो, ब्याजमुक्त किस्ता सुविधा दिन्छन्। प्लेटफर्मको नेटवर्कमा स्वास्थ्य सेवा, रिसोर्ट तथा आतिथ्य, खुद्रा पसल, मोबाइल ब्राण्ड र टेक ग्याजेटजस्ता विभिन्न क्षेत्र समावेश छन्, जहाँ ३ देखि १८ महिनासम्मको किस्ता सुविधा उपलब्ध छ। ब्लु क्रस हस्पिटल यस नेटवर्कमा एक प्रमुख स्वास्थ्य सेवा साझेदारका रूपमा आबद्ध भएको छ।

ब्लु क्रस हस्पिटल सन् १९९१ मा स्थापित नेपालको एक अग्रणी स्वास्थ्य संस्था हो। तीन दशकभन्दा बढी समयमा हस्पिटलले आधुनिक, उच्च गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्रदानमा गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ