२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पतालको विकासमा बाधा नपुर्‍याउन डा. खनालको आग्रह

अस्पतालको विकासमा बाधा नपुर्‍याउन डा. खनालको आग्रह


बुटवल—प्रदेश सरकारको मातहतमा आएको लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तार, संरचनागत विकास र निर्माण कार्यमा अवरोध पुग्ने गरी कुनै कार्य नगर्न अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनालले आग्रह गरेका छन् ।

मेसु डा. खनालले १ सय वर्षभन्दा बढीको इतिहास बोकेको अस्पतालको सेवा र सुविधा तथा भौतिक संरचनाको अवस्थालाई हेर्दा संरचना अवश्यक रहेको बताए । उनले सेवाग्राहीहरुको मन जित्ने तथा सन्तोषजनक सेवासमेत नभएको प्रति संवेदनशील बनेर सोच्न व्यवसायीहरुलाई आग्रह गरे ।

रोटरी क्लब अफ बुटवलको शनिबार नियमित बैठकलाई सम्वोधन गर्दै मेसु डा. खनालले नेपालको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार जरुरी रहेको बताए । उनले लुम्बिनी प्रादेशिक अस्पताललाई योजनाबद्ध स्तरवृद्धि गर्न नसके आम नागरिकले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था आउने भन्दै सचेत गराए ।

अस्पतालको जग्गाको व्यवस्थापन गर्दै त्यसमा आवश्यक भौतिक संरचनाको निर्माण गर्ने र उच्च चिकित्सकीय सेवाहरुको प्रवाह गर्ने रणनीतिक योजनाअनुसार अबको काम अगाडि बढ्ने दावी गरे । डा. खनालले हाल रहेको अपस्तालका सटरहरु भत्काएर १० तलाको अत्याधुनिक भवन निर्माण गरी त्यसबाट सेवा प्रदान गर्ने प्रोजेक्ट प्रदेश सरकारले तयार पारेको हुँदा अब त्यसबाट अस्पताल प्रशासन पछाडि हट्न नसक्ने जिकिर गरे ।

डा. खनालले जनताले स्वास्थ्य सेवा गुणस्तरीय नपाएको गुनासो गर्नुलाई आफूले अन्यथा नलिएको बताउँदै चिकित्सक र स्वास्थ्यकर्मीहरुभित्र मौलाएको पेशागत अनुशासनहिनताले पेशा बदनाम भएको भन्दै चिन्ता व्यक्त गरे ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ