२०८३ भदौ १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र

२४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले रेजिडेन्ट चिकित्सकहरूको २४ घण्टे ड्युटी सम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । सोेमबार न्याम्सका सहायक डिन प्रा.डा. विकासविक्रम सिंह अधिकारीले परिपत्र गर्दै रेजिडेन्ट चिकित्सकहरुको २४ घण्टा ड्युटीपछि विहानको राउण्डपछि छुट्टी दिन निर्देशन दिएका हुन् ।

यसअघि न्याम्समा ड्युटीमा रहेका रेजिडेन्ट चिकित्सकहरूले दैनिक ३६ घण्टासम्म ड्युटी गर्नुपर्थ्यो भने आवश्यकताअनुसार उनीहरू त्योभन्दा बढी समयसमेत काममा खटिनुपर्ने अवस्था थियो।जसले रेजिडेन्ट चिकित्सकहरुमाथि तीब्र कार्यबोझको दबाब थियो ।

न्याम्सको पछिल्लो निर्णयले रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ कम हुनेछ । ‘यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरुको २४ घण्टा ड्युटीपश्चात विहानको राउण्ड सकिएपछि छुट्टी गरिदिन हुन यो परिपत्र गरिएको व्यहोरा जानकारी लागि अनुरोध गर्दछु,’ डा. अधिकारीले एमडी/एमएस/एमडिएस र डिएम/एमसीएच कार्यक्रमका संयोजकहरुलाई जारी गरेको परिपत्रमा छ ।

न्याम्सको यो निर्णय रेजिडेन्ट चिकित्सकहरूको कार्यसमय र कार्यबोझबारे भइरहेका बहसकाबीच सार्वजनिक भएको छ । यसअघि नेपाल मेडिकल काउन्सिलले पनि रेजिडेन्ट चिकित्सकहरुमाथि तीब्र कार्यबोझ रहेको भन्दैं उनीहरुलाई अनिवार्य आराम दिन प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालयहरुलाई निर्देशन दिएको थियो ।

यस्तै, वैज्ञानिक ड्युटी आवर लागु गर्नुपर्ने माग गर्दै न्याम्सका रेजिडेन्टहरुले पनि पटक—पटक माग गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ