२०८३ असार ५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी

वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी


काठमाडौं—वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कानुन विपरित भएका नियुक्ति प्रक्रियाबारे छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बुधबार नेपाल चिकित्सक संघ (एनएमए)का सदस्य डा. अमित झाले सरकारी स्वास्थ्य संस्थामा सुशासन, पारदर्शिता र योग्यतामा आधारित नियुक्ति प्रणाली कायम गर्न भन्दैं उक्त उजुरी दिएका हुन् ।

विगत दुई तीन वर्षदेखि वीर अस्पताल र ट्रमा सेन्टरमा भ्याकेन्सी नै नखोल्ने, सूचना नै नदिई आफ्नो मान्छेलाई भोलिबाट आउनु भन्ने चलन छ,’ उनले भने, ‘पुराना कानुन विपरित नियुक्त भएकाहरु पनि पास गरेर आउनुपर्‍यो भन्ने मान्यताअनुसार उजुरी दिएको हुँ । सबैलाई उचित र निष्पक्ष अवसर दिनुप¥यो ।’ डा. अमितले कांग्रेस, एमाले र रास्वपाकै भएका आधारमा जागिर पाइने अवस्था अन्त्य गरी निष्पक्ष हुनुपर्ने धारणा व्यक्त गरे ।

‘यस विषयमा मैले स्वास्थ्यमन्त्री (निशा मेहता)लाई पनि जानकारी गराए,’ उनले भने, ‘तर, उहाँले पनि गम्भीर रुपमा नलिएपछि अख्तियारमा उजुरी हालेको हुँ ।’ उजुरीपछि आफूलाई विभिन्न व्यक्तिहरुले ‘जागिर खाइदिन लाग्नुभयो’, ‘किन यस्तो गर्नुभएको’लगायत कुरा भन्दैं दिनकै थ्रेट दिइरहेको बताए । ‘यसले मलाई विचलित बनाउँदैंन्,’ उनले थपे, ‘म नेपालमा थिती र विधि स्थापित हुनुपर्छ भनेर हिडेको मान्छे हो । कोही आफ्नो नभएकै आधारमा नेपालमा जागिर नै नपाउने अवस्था अन्त्य हुनुपर्छ ।’

अख्तियारमा डा. झाले दिएको उजुरीमा मेडिकल अधिकृत, कन्सल्ट्यान्टलगायतका पदहरुमा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी, खुला प्रतिस्पर्धा नगराई तथा सार्वजनिक सूचना प्रकाशित नगरी नियुक्ति गरिएको उल्लेख छ । यस्तै, निश्चित व्यक्तिहरुलाई राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध वा अन्य प्रभावका आधारमा नियुक्त गरिएको गुनासो प्राप्त भएको पनि उजुरीमा उल्लेख छ ।

‘वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विगत केही वर्षमा भएका मेडिकल अफिसर, कन्सल्ट्यान्ट तथा अन्य चिकित्सकीय पदहरुको सम्पूर्ण नियुक्ति प्रक्रियाको छानविन गरियोस्,’ उजुरीमा छ, ‘ज्यालादारी, करार र अन्य अस्थायी व्यवस्थाको दुरुपयोग गरी नियमित पदपूर्ति गरिएको छ वा छैन भन्ने विषयमा विशेष अनुसन्धान गरियोस् ।’ उनले नियुक्ति हुनुअघि सार्वजनिक सूचना, आवेदन, आव्हान, छनोट प्रक्रिया तथा स्वीकृत दरबन्दी सम्बन्धी कागजात परीक्षण गर्न पनि माग गरेका छन् ।

नियुक्तिमा संलग्न पदाधिकारी, अस्पताल प्रशासन, निर्देशक तथा निर्णय प्रक्रियामा संलग्न अन्य व्यक्तिहरुको निष्पक्ष भूमिकामाथि छानविन, कानुन विपरित नियुक्ति भएको प्रमाणित भएमा सम्बन्धित पदाधिकारीमाथि कानुन बमोजिम कारवाही, अनैतिक तरिकाले राखिएका नियुक्ति खारेज र नयाँ परीक्षामार्फत कर्मचारी भर्ना गर्न समेत उजुरीमा माग गरिएको छ ।

Screenshot


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ