२०८३ भदौ १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं

सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं

सञ्जय साहको अवस्था भने सामान्य


काठमाडौं—प्रधानमन्त्री कार्यालयले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य र एकजनाको जटिल रहेको जनाएको छ । शुक्रबार विहान फेसबुकमार्फत प्रधानमन्त्री कार्यलयले उक्त जानकारी दिएको हो ।

‘रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।

​जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कवीर महर्जन रहेको र उनलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

​यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिएतापनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदैछ।

​नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले शुक्रबार बिहानै उनीहरु दुई जनाको उद्धार गरेको हो।

आयोजनाभित्र मानिसहरु फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ