२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव

अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव


काठमाडौं—लाजिम्पाटस्थित अनमीव हेल्थ एण्ड हस्पिटलले छैटौं वार्षिकोत्सव मनाएको छ । बिहीबार साँझ बालुवाटारमा एक कार्यक्रमको आयोजना गरी अनमीवले आफ्नो छैटौं वार्षिकोत्सव मनाएको हो ।

स्वदेशी तथा विदेशी बिरामीहरुका लागि एउटै ठाउँबाट बहुविशिष्टीकृत सेवाहरु उपलब्ध गराउने लक्ष्यका साथ स्थापना भएको अनमीव हेल्थले क्रमसः आफ्ना सेवाहरु विस्तार गर्दै लगेको छ । ६ वर्षअघि अनमीव क्लिनिक सञ्चालनमा ल्याइएकोमा ४ वर्षअघि अनमीव हस्पिटल सञ्चालनमा ल्याइएको थियो ।

‘बिरामीहरुको रोगलाई रोकथाम गर्न सकियोस् भनेर अनमीव हेल्थ भन्ने एउटा साधारण हाडजोर्नी क्लिनिक प्रकृतिसँग कुराकानी गर्न सकिने हिसाबले ६ वर्षअघि सञ्चालनमा ल्याएका थियौं,’ अस्पतालका संस्थापक तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले भने, ‘यो ६ वर्षको अवधिमा हामीले हाम्रा सेवाहरु आवश्यकताअनुसार विस्तार गर्दै लगेका छौं, अस्पताल सञ्चालनमा ल्याएका छौं । आगामी दिनमा थप सेवाहरु उच्च गुणस्तरका साथ विस्तार गर्दै जान्छौं ।’

वार्षिकोत्सवको अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सुजन सापकोटा, सन्तोषकुमार चौधरी, अमितकुमार चौधरी, सविना गुरुङ र अर्चना गौतम पुस्कृत भएका थिए ।

अनमीव हेल्थले हाल अर्थोपेडिक्स, ट्रमा, कार्डियोलोजी, न्यूरो, न्यूरो सर्जरी, ईएनटी, पेडियाट्रिक, गाइनोकोलोजी, मेनोपज क्लिनिक र फिजियोथेरापीलगायतका सेवाहरु विस्तार गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ