२०८३ कात्तिक १२, बिहिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट सम्बन्धि सम्झौता

एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट सम्बन्धि सम्झौता


काठमाडौं—बसुन्धरास्थित एमएन हस्पिटल, श्वेत सदन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल र निम्बल बोर्डिङ सेकेण्डरी स्कुलबीच उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै स्कुलका कर्मचारी तथा विद्यार्थीले एमएन हस्पिटलमा उपचारमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

टोखा नगरपालिका—९ स्थित श्वेत सदन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल र ११ नम्बर वडास्थित निम्बल बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थी तथा कर्मचारीले एमएन अस्पतालमा उपचार सेवामा छुट लिनका लागि विद्यालयको परिचयपत्र आवश्यक पर्नेछ ।

एमएन अस्पतालले अनुभवी विशेषज्ञ चिकित्सकहरुबाट जनरल फिजिसियन, जनरल सर्जरी, हाडजोर्नी, प्रसूति तथा स्त्री रोग, बाल रोग, ईएनटी, मिर्गौला तथा मुत्र रोग, मुटु रोग, छाती रोग, मानसिक रोग, बाथ रोग, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, फिजियोथेरापी, दन्त रोग र आँखा रोग जाँच सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ