२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ महामारी ∕ चीनमा कोराना भाइरसबाट २६ को मृत्यु, ८ सय भन्दा बढी व्यक्ति संक्रमित

चीनमा कोराना भाइरसबाट २६ को मृत्यु, ८ सय भन्दा बढी व्यक्ति संक्रमित


चीनको वुहानमा फेला परेको ‘नोवेल कोरोना भाइरस (nCoV 2019)’बाट अहिलेसम्म २६ जनाको मृत्यु भईसकेको छ। उक्त भाइरसले २५ जनाको ज्यान लिनुको साथै ८ सय व्यक्ति संक्रमित भएको चिनियाँ अधिकारीले बताएका छन्।

यस घटनालाई मध्यनजर गर्दै चीनले विहिवार बेलुकी हुवैए प्रान्तमा पाँच शहर – हुगांग, एझाओ, झिजियांग, क्विनजिआंग र वुहानमा सार्वजनिक यातायात रोक्ने घोषणा गरेको छ।

चीनमा सबैभन्दा ज्यादा प्रभावित क्षेत्रका रेलवे स्टेशनमा पुलिस र अर्द्धसैन्य कर्मीपनि खटाईएको छ। मनोरंजन केंद्र, सिनेमाघर, इंटरनेट कैफे और बाकी केंद्रों को भी बंद करने का आदेश दिया गया है. मनोरन्जन केन्द्र सिनेमाघर, इन्टरनेट क्याफे र बाँकी मनोरंजन केन्द्र पनि बन्द गर्ने आदेश रहेको जानकारी छ।

चीन यात्रा गरेर आफ्नो देश फर्किएका केहि व्यक्ति पनि यस भाइरसको चपेटामा परेका छन्। थाइल्याण्ड, जापान, दक्षिण कोरिया, ताइवान, अमेरिका, मकाउ, सिंगापुर र वियतनाममा पनि उक्त भाइरस देखिएको छ।

सुरक्षाको लागि विश्वभरका कयौ एयरपोर्टमा थर्मल स्क्यानरद्वारा जाँच भइरहेको छ। यस भाइरसले न्यूमोनिया, सिवियर एक्यूट रेस्पिरेटरी सिंड्रोम, किडनी फेल गर्नुको साथै मानिसको ज्यानै लिने गर्छ।

– एजेन्सी


क्याटेगोरी : महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ