२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीओमिक्रोन हराउने बित्तिकै कोभिड महामारी समाप्त हुन्छ? के भन्छन् वैज्ञानिक ?

ओमिक्रोन हराउने बित्तिकै कोभिड महामारी समाप्त हुन्छ? के भन्छन् वैज्ञानिक ?


कोभिड-१९को ओमिक्रोन भेरियन्ट विश्वभरका मानिसका लागि ठूलो समस्याको कारण बनेको छ ।  ओमिक्रोनको बढ्दो केसहरूले तेस्रो लहर निम्त्याइरहेको छ। तीव्र गतिमा बढ्दै गएको संक्रमणका कारण स्वास्थ्य विज्ञहरु चिन्तित भएकाले सतर्कता अपनाउन सबैलाई पटक-पटक अपिल गरिरहेका छन् ।

ओमिक्रोन अघि विश्वले डेल्टा भेरियन्टका कारण गत वर्ष दोस्रो र सबैभन्दा खतरनाक लहरको सामना गरेको छ।

ओमिक्रोन भेरियन्टले हल्का लक्षणहरू निम्त्याउने भए तापनि यसको व्यापकता दर डेल्टाभन्दा ४ गुणा बढी रहेको नयाँ अध्ययनहरूमा उल्लेख छन् । यो विश्वभर डढेलो जस्तै फैलिरहेको छ । कोभिडका कारण उत्पन्न डर र अनिश्चितताकाबीचमा केही रिपोर्टमा जे दाबी गरिएको छ, त्यो निकै राहत हो ।

ओमिक्रोन भेरियन्ट हट्ने बित्तिकै विश्वले कोरोना महामारीबाट राहत पाउने वैज्ञानिकहरुको भनाइ छ । कुन आधारमा वैज्ञानिकहरूले यस्तो दाबी गरिरहेका छन् ? के हामीले साँच्चै कोरोना महामारीबाट छिट्टै राहत पाउनेछौं?

कोभिडको प्रभाव कम हुने

इङ्गल्याण्डको युनिभर्सिटी अफ रिडिङका भाइरोलोजिस्ट प्रोफेसर इयान जोन्स भन्छन्, ‘हामी आशा गर्न सक्छौं कि कोभिड महामारी अब अन्तिम चरणमा पुगेको छ।’ फ्लू जस्ता सबै संक्रमणहरू जस्तै, कोभिड पनि समयसँगै हल्का हुनेछ। ओमिक्रोनको केसमा जस्तै यसले स्वस्थ र फिट मानिसहरूका लागि धेरै समस्याहरू खडा नगर्ने तर, पहिले नै प्रतिरक्षा कमजोर भएकाहरूका लागि जोखिम बढी हुने अध्ययनहरूले देखाउँदछ।’ हालसम्म भाइरसको एक समान प्रवृत्ति देखिएको र यसका लक्षणहरू प्रत्येक लहरसँगै कम हुँदै जाने उनको भनाइ छ।

प्रोफेसर इयान जोन्सका अनुसार ओमिक्रोन भेरियन्टमा के देखिएको छ भने यसले संक्रमितमा हल्का लक्षणहरू मात्रै पाइएको छ। ‘यसले संक्रमणसँग लड्न मानिसहरूको प्रतिरोधात्मक क्षमता बढाउन सक्ने केही विज्ञहरू विश्वास छ । यदि तपाई भाइरसबाट संक्रमित हुनुभएको छ भने, शरीरले एक निश्चित स्तरको प्रतिरक्षा विकास गर्दछ, जसले अर्को संक्रमणको समयमा रोगको गम्भीरतालाई कम गर्छ,’उनले भने।

डेल्टा संक्रमण हुँदा मानिसमा गम्भीर लक्षण देखिएको थियो। अहिले ओमिक्रोनका लक्षण पनि समयक्रममा हल्का बन्दै गएकाले आगामी वर्षहरुमा कोरोनाका लक्षणहरु हल्का हुने र फ्लु जस्तै कोभिड भाइरस पनि कम प्रभावकारी र सामान्य हुने अनुमान गरिएको छ ।

के भन्छन् वैज्ञानिक ?

ओमिक्रोनको प्रकृतिबारेमा धेरै कुराहरुमा वैज्ञानिकहरु अझै पनि अनजान छन्। यो भेरियन्ट रोक्न गाह्रो भएको र यसले विश्वभरि ठूलो जनसंख्यामा संक्रमण निम्त्याउन सक्ने विज्ञहरु बताउँछन। जसरी यो बदलिदै छ , त्यसबाट यो महामारी चाँडै अन्त्य हुन लागेको देखिएको युनिभर्सिटी अफ क्यालिफोर्नियाकी संक्रामक रोग विशेषज्ञ डा मोनिका गान्धीको भनाई छ । ‘भाइरस पक्कै पनि हामीसँग सधैंभरि रहने छ। तर, आशा छ यो प्रजातिले मानिसहरूमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नेछ जसले गर्दा आगामी वर्षहरूमा संक्रमणको प्रभाव धेरै कम हुने आशा छ,’उनले भनिन्।

ओमिक्रोन भेरियन्टले ठूलो जनसंख्यालाई प्राकृतिक प्रतिरक्षा प्रदान गर्न सक्छ जसले भविष्यमा भाइरसका अन्य भेरियन्टहरूलाई बेअसर गर्न मद्दत गर्ने विज्ञहरुको मत छ। विगतमा पनि धेरै भाइरल संक्रमणहरूमा यो ढाँचा रहेको थियो । अहिले हामी सबै मिलेर कोरोनाको यो खतरासँग लड्न आवश्यक छ ताकि हामी आगामी वर्षहरूको लागि राम्रो आशा गर्न सक्छौं।

एजेन्सी


क्याटेगोरी : महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ