२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीसुदूरपश्चिम प्रदेशमा ३५४२ संक्रमित, ५१ प्रतिशत युवा

सुदूरपश्चिम प्रदेशमा ३५४२ संक्रमित, ५१ प्रतिशत युवा

झण्डै दुई हजार पाँच सय संक्रमित क्वारेन्टिन र घरमा


धनगढी–सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या ३ हजार ५ सय ४२ पुगेको छ । सबैभन्दा बढी कैलाली जिल्लामा ९ सय ५० जना कोभिड–१९ संक्रमित रहेका छन् ।

त्यस्तै, अछाममा ५ सय ५४ ,डोटीमा ५ सय १४ कन्चनपुरमा ४ सय २८ जना, बाजुरामा ३ सय ९० जना, बैतडीमा २ सय ८३ जना, डडेल्धुरामा २ सय ६७ जना, बझाङमा १ सय ३९ जना र दार्चुलामा १७ जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पुरुषमा बढी संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयकाअनुसार संक्रमितमध्ये २ हजार ७ सय ३१ पुरुष र ८ सय ११ महिला रहेका   छन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पिसिआर जाँच गरिएका मध्ये २०–३९ उमेर समूहमा बढी संक्रमण देखिएको छ ।

सोमबारसम्म गरिएको परीक्षणमा २० –३९ उमेर समुहमा १ हजार ८ सय ६ जना रहेका छन् । जुन कुल संक्रमितको ५१ प्रतिशत हो, त्यसैगरी १०–१९ उमेर समूहमा ४ सय ६० जना (१३ प्रतिशत) मा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, ४०–४९ उमेर समूहमा २ सय ९६ जनामा, ०–९ उमेर समुहमा २ सय ७७ जना, ५०–५९ उमेर समुहमा १ सय ३६ जना, ६० देखि ६९ उमेर समूहका ५१ जना, ७०–७९ उमेर समुहमा १५ जना र ९०–९९ उमेर समूहमा १ जनालाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा ९०४ संक्रमितहरु डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका एक सय एक जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने झण्डै दुई हजार पाँच सय संक्रमित भने क्वारेन्टाइन र घरमै रहेका छन्।

मन्त्रालयका अनुसार शुक्रबार मात्रै दुई सय ४२ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको छ। बैतडीबाट दुई सय १७ जना, अछामबाट १५ र बझाङबाट १० जनालाई डिस्चार्ज गरिएको छ ।

त्यस्तै, अहिलेसम्म सबैभन्दा बढी बैतडीका दुई सय ५२ जना, डडेल्धुराका एक सय ८८ जना, डोटीका एक सय ५७ जना, कञ्चनपुरका एक सय दुई र कैलालीका ९६ जना संक्रमितलाई अस्पताल र क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको छ।

अछामबाट ६० जना, बझाङबाट ३४ जना, दार्चुलाबाट १३ जना र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४२ जना, मालाखेती अस्पतालमा २० जना, महाकाली अस्पतालमा १३ जना, सेती अस्पतालमा १२ जना, अछाम अस्पतालमा १० जना, डोटी र बाजुरा अस्पतालमा दुई-दुई जना गरी एक सय एक जनाको उपचार भइरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भइसकेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश, महामारी
ट्याग : #कोरोना, #सुदुरपश्चिम प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ