२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअनुहारको छाला चम्किलो राख्ने ४ उपायहरु

अनुहारको छाला चम्किलो राख्ने ४ उपायहरु


छालाका लागि दूध निकै फाइदाजनक हुन्छ । दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामिन–ए, भिटामिन–डी, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र अन्य धेरै पोषक तत्वहरू हुन्छन् । स्वास्थ्यका साथसाथै दूध छालाको लागि पनि निकै राम्रो मानिन्छ ।
यसले छालालाई हाइड्रेटेड (चम्किलो) र मोइस्चराइज राख्छ । यसलाई अनुहारमा लगाउनुका धेरै फाइदा हुन्छन् । छाला हेरचाहको लागि बिहानमा काँचो दूध लगाउन सकिन्छ । यसको प्रयोगले धेरै प्रकारका फेस प्याक बनाउन पनि सकिन्छ । छालामा काँचो दूध लगाउनाले छाला चम्किलो हुन्छ । काँचो दूध छालामा धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । काँचो दूध प्रयोग गर्ने तरिकाको जानकारी तल दिएको छ ।

काँचो दूध र मह

काँचो दूधमा मह प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा भएको टेनिङबाट राहत दिन्छ । यसका लागि एउटा कचौरामा ४–५ चम्चा काँचो दूध लिनुहोस् र त्यसमा एक चम्चा मह मिसाएर राम्ररी मिलाउनुहोस् । अब यसलाई कपासको मद्दतले अनुहारमा लगाउनुहोस् र केही समयका लागि छोड्नुहोस् । यसपछि पानीले मुख धुनुहोस् ।

काँचो दूध र बेसार

छालाको कुनै पनि समस्या, चाउरीपन वा दाग हटाउन काँचो दूध र बेसार प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि ३–४ चम्चा काँचो दूध लिनुहोस् र त्यसमा थोरै आधा चम्चा जति बेसार मिसाएर घोल्नुहोस् । त्यसपछि कम्तिमा १० मिनेट अनुहारमा लगाएपछि पानीले धुनुहोस् ।

काँचो दूध र मुलतानी माटो

पिम्पल र दागबाट छुटकारा पाउन मुलतानी माटो संग काँचो दूध प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि ३–४ चम्चा काँचो दूध लिनुहोस् र त्यसमा एक चम्चा मुलतानी माटो मिसाएर पेस्ट बनाउनुहोस् । अब यसलाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुहोस् ।

काँचो दूध र दही

अनुहारमा चमक ल्याउन काँचो दूधमा दहीको प्रयोग गर्न सकिन्छ । यसका लागि ३–४ चम्चा काँचो दूधमा एक चम्चा दही मिसाएर पेस्ट बनाउनुहोस् र १५ मिनेट अनुहारमा लगाउनुहोस् र त्यसपछि पानीले धुनुहोस् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ