२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यएक अर्ब बालबालिका जलवायु प्रभावको चरम जोखिममा : युनिसेफ

एक अर्ब बालबालिका जलवायु प्रभावको चरम जोखिममा : युनिसेफ


विश्वभर करिब १ अर्ब बालबालिकामा जलवायु परिवर्तन र प्रदूषणको प्रभावको खतरा बढेको छ। युनिसेफको रिपोर्टअनुसार विश्वका ३३ देशमा यी प्रभावका कारण स्वास्थ्य, शिक्षा र सुरक्षामा संकटको सिर्जना पैदा भएको देखिएको छ।

मौसम परिवर्तन र प्रदुषणका कारण बालबालिका जलवायु परिवर्तनको कुनै न कुनै प्रभावबाट गुज्रिरहेका छन्। भारत, नाइजेरिया, फिलिपिन्स र अफ्रिकासहित ३३ देशका बालबालिका एकैपटक ३ देखि ४ प्रभावको सामना गरिरहेका छन्। जसमा बाढी, चक्रवात, रोग, खडेरी र वायु प्रदुषण सामेल छ। युनिसेफले यो अवस्था निकै भयानक रहेको जनाएको छ।

जलवायु परिवर्तन, प्रदूषणको प्रभाव, गरिबी, बालबालिकामा स्वच्छ पानी, स्वास्थ्य र शिक्षाको पहुँचलाई मध्यनजर गरी युनिसेफको रिपोर्ट तयार पारेको उल्लेख गरेको छ ।

रिपोर्टअनुसार दक्षिण एसियाली देशहरुमध्ये पाकिस्तान, बंगलादेश, अफगानिस्तान र भारतसमेत चार देशका बालबालिकाहरु जलवायु प्रभाव को अत्यन्त उच्च जोखिमको क्रमशः १४ औं, १५ औं, २५ औं र २ २६ औं स्थानमा रहेका छन् ।

यस्तै, नेपाल ५१ औं, श्रीलंका ६१ औं र भुटान १११ औं स्थानमा परेका छन्।

युनिसेफले छिमेकी देश भारतलाई बाढी र वायु प्रदूषणको ३३ अत्यन्तै उच्च जोखिममा रहेको देशहरुमध्य एक रहेको बताएको छ । जहाँ पटक-पटक वातावरणीय उथलपुथलका कारण महिला र बालबालिकाको सामाजिक-आर्थिक पाटोमा  प्रतिकूल परिणाम निम्त्याउँछ।

रिपोर्टका लेखकमध्ये एक निक रिसका अनुसार बालबालिका कसरी जलवायु परिवर्तनको चपेटामा परिरहेका छन् भन्ने तस्बिरहरु अकल्पनीय रूपभन्दा भयानक छ। यी जोखिमलाई समयमै निराकरण गर्न जरुरी रहेको युनिसेफको भनाइ छ।

जलवायु संकटको प्रभाव ‘गहन रूपभन्दा असामान्य’ रहेको रिपोर्टमा उल्लेख छ। रिसकाअनुसार विश्वका टप १० राष्ट्र जुन उच्च जोखिममा छन् त्यहाँ मात्र ०.५ प्रतिशत ग्लोबल इमिशनको लागि जिम्मेदार छ ।

९१ करोड बालबालिकामा पानीको अभाव, ८२ करोड हिडवेभ र ६० करोड बालबालिका डेंगु, ज्वरो, मलेरियाजस्ता समस्याबाट गुज्रिरहेका छन्।

विश्वमा करिब ३० करोड बालबालिका अत्याधिक वायु प्रदूषणवाला भू-भागमा बसोबास गर्दै आएको युनिसेफको रिपोर्टमा उल्लेख छ।

स्रोत – ‘द गार्डेन’ 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, महामारी, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ