२०८३ कात्तिक ११, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चीनमा रहेका नेपालीका लागि राजदूतावासद्वारा विशेष सेल निर्माण

चीनमा रहेका नेपालीका लागि राजदूतावासद्वारा विशेष सेल निर्माण


काठमाडौं—बेइजिङस्थित नेपाली राजदूतावासले वुहानलगायतका सहरमा भएका नेपालीहरु आपत्तकालीन सेवा प्रवाहका लागि दूतावासमा एक विशेष सेलको निर्माण गरेको जनाएको छ ।

चीनमा कोरोना भाइरस फैलिएपछि दूतावासले एक सूचना जारी गर्दै भाइरस संक्रमणका सम्बन्धमा नयाँ जानकारी दिन वा कुनै प्रकारको सल्लाह सुझाव वा मद्धतका लागि सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

विशेषगरी कोरोना भाइरसको संक्रमणबाट प्रभावित क्षेत्र बुहान रहेका नेपालीहरुलाई लक्षित गर्दै सूचना संकलन र प्रवाहका लागि दूतावासले वीच्याट समूह निर्माण गरेको जनाएको छ ।

उक्त समूहमा धेरैभन्दा धेरै नेपालीलाई जोडन र नेपालीहरु सम्बन्धी अद्यावधिक जानकारी दिन समेत आग्रह गरिएको छ । दूतावासले बुहानमा रहेका नेपालीहरुको सुरक्षा एवं आवश्यक सेवा र सहयोगका लागि नेपाली राजदूतावास चीनको केन्द्रीय सरकार, हुवेई प्रान्तीय सरकार र बुहान नगरपालिका सरकारसँग नियमति सम्पर्क रहेको जनाएको छ ।

स्थिती सामान्य नभएसम्म बुहान रहेका नेपालीहरुलाई बाहिर ननिस्कन र सावधानी अपनाउन पनि दूतावासले आग्रह गरेको छ ।
अहिले चीनले बुहानबाट बाहिर जाने सार्वजनिक यातायात बन्द गरेको छ ।

राजदूतावासको अर्को सूचना 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ