२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साजीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन

जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन


जीवन खराब ढंगबाट त बिताइरहेको छैनौं सोचौ त ? हाम्रो दैनिक दिनचर्यामा योग समावेश गर्न सक्यौं भने जीवन बिताउने हैन कि हाम्रो जीवनमा आइपर्ने दुःख कष्ट हटाउन सहयोग पु¥याउनेछ । त्यसकारण दिनको जुन समय आफूलाई सहज हुन्छ, त्यही समयमा योग गर्न सक्छौं ।

हात खुट्टा तन्काउने र श्वासलाई भित्र बाहिर तान्ने फाल्ने मात्र पनि योग होइन्, योग हाम्रो सम्पूर्ण जीवन पद्धति हो । यसलाई हाम्रो एक सर्वोत्कृष्ट जीवनशैलीको रूपमा लिन सकिन्छ । योग गर्दा हाम्रो शारिरीक मानसिक रोग वा मोटोपनलाई कम गर्छ भनेर बुझ्नु मात्र पनि होइन्, योग त यस्तो चिज हो, जसमा हाम्रो जीवनमा आइपर्ने सारा समस्याको समधान गर्न सक्ने क्षमता हुन्छ ।

सांसारिक जीवनमा आइपर्ने सम्पूर्ण दुःख कष्टको निवारण गर्ने एकमात्र औषधी यही योग, ध्यान प्राणायाम अथवा आध्यात्मिक जीवनशैलीलाई लिन सकिन्छ ।

त्यसैले अहिले जीवनको प्रत्येक समस्याको समाधान गर्ने शक्तिको रुपमा योगलाई लिने गरिन्छ । त्यसकारण हिजोआज संसारभर योग फैलिँदै गएको पनि पाइन्छ । यो भोगमय जीवनमा योग जोड्न नसक्दा रोगको जिन्दगी जिउनु परेको छ । हाम्रो दिनचर्या प्रायः जस्तो भोगको हुन्छ ।

जीवनशैलीमा योग छैन अनि त्यसको परिणाम स्वतः रोग नै त हो । दिनमा १४४० मिनेट हुन्छ मात्र ४० मिनेट योगलाई अथवा आफूलाई दिने हो भने पनि बाँकी १४०० मिनेट खुसी, स्वास्थ्य र उर्जावान जीवन बिताउन सक्छौं नत्र भने हर पल अस्त—व्यस्त, डर त्रासको जिन्दगी बाँच्नुपर्ने बाध्य हुन सक्छ । त्यसैले हरेकको जिन्दगीमा जेसुकै गर्न छुटे पनि अब भने योग ध्यान प्राणायाम कहिल्यै नछुटोस् ।

अन्त्यमा यी कुरा थाहा हुँदाहुँदै पनि हाम्रो जीवनमा योग किन जोडिएको छैन भन्ने प्रश्न आउन सक्छ । हाम्रो जीवनको परिवेशमा हाम्रो संगतमा भएको व्यक्तिहरु पनि योगमय जीवन बाँचेको हुँदैन् । त्यसैले योगलाई जीवनमा जोड्नका लागि सर्वप्रथम स्वयंलाई योगको वातावरणमा जोड्नु आवश्यक हुन्छ ।

कमसेकम ९० दिन निरन्तर कुनै पनि योगको कार्यक्रमलाई गर्ने सकियो भने अनि योग आफ्नो जीवनको एउटा महत्वपूर्ण अंगको रुपमा निर्माण गर्न सक्यो भने मात्र जीवन योगमय हुन सम्भव हुन्छ । योग आसन, प्राणायाम र ध्यान गर्नुभन्दा अगाडि आफ्नो शरीरलाई केही लचकता बनाउन आवश्यक हुन्छ ।

डान्स गर्ने, एक्ससाइज गर्ने वा सुक्ष्म व्यायम गर्न सकिन्छ । यसरी गर्दा शरीरमा हिट पैदा भइसकेको हुन्छ र शरीरमा लचकता आउने गर्दछ ।

शरीरका अंग सक्रिय पार्ने आसनहरु

१. ताडासन

२. वृक्षासन

३. बक्रासन

४. परिधासन

५. भुजंगासन

६. हलासन

७. शवासन


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ