२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साकोभिड-१९ बाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक थेरापी

कोभिड-१९ बाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक थेरापी


कोरोना भाइरस(काेभिड–१९) को कारण विश्वमा हालसम्म ७ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसेका छन् भने झन्डै २ कराेड मानिस संक्रमित छन् । त्यसाे त मानिसहरूमा संक्रमणकाे त्रास दिनानुदिन बढ्दाे छ। कोरोनाले मानसिक रुपमा उत्पन्न गराएको डर, दोधारेपन, तनाव र चिन्ताले अाममानिसकाे जीवनशैलीमा ठुलो प्रभाव पारेको छ ।

स्वस्थ जीवनका लागि शारीरिक पक्षमात्र नभएर मानसिक, भावनात्मक, सामाजिक वातावरणीय तथा आर्थिक जस्ता तत्वले प्रभाव पारिरहेको हुन्छ । रोग भनेको शरीर, भाइरस र वातावरणबीचको पारस्परिक सम्बन्धको परिणाम हो । तर, यतिबेलदा हामी एउटै भाइरसमामात्र केन्द्रित भैरहेका छौँ ।  हामीले यो भाइरसलाई फैलन नदिन शरीरको प्रतिरोधात्मक क्षमता बढाउन विशेष जोड गर्नुपर्छ ।

कोभिड-१९ व्यवस्थापनका लागि योग तथा प्राकृतिक चिकित्सालाई रोकथाम, उपचार र पुर्नस्थापनका उपायहरूको रुपमा एकिकृत गर्नु आवश्यक छ । यहाँ त्यस्ता केहि उपायहरु समावेश गरिएका छन् । जसले शरीरमा राेग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै स्वस्थ जीवन जिउन मद्दत गर्छ । 

डाइट थेरापी

  • उचित खाना तथा प्राेटिनयुक्त खानाले शरीरमा प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ । स्वस्थ खानाको छनोटले शारीरिक एवम् मानसिक दुवै पक्षलाई व्यवस्थित गराउदै रोग लाग्नबाट बचाउन मद्दत गर्दछ ।
  • सबै प्रकारका अन्न–फलफुलहरु, दाल, हरियो तरकारी, अाेखर तथा बदाम, बीउहरु(फर्सी, फ्लाक्स बीउ, सूर्यमुखीको बीउ) र स्वस्थ्यवद्र्धक फ्याट्स (नरिवल तेल, घ्यु, ओमेगा ३ फ्याट्स) ।
  •  प्रिबायोटिक्स(तरकारी, फलफुल, चिया सिड्स, जइ र क्वाँटीजस्ता फाइबरयुक्त खाना र प्रो-बायेटिकस(दहि र गलाएका वा केहि समय राखेर तयार गरिने गुन्द्रुकजस्ता फरमेन्टेड फुडहरु) खानामा समावेश गर्नाले स्वस्थ माइक्रोबायम प्राप्त गर्न सकिन्छ ।
  •  प्याक गरी तयार गरिएका खाना, चिल्लो, चिनी, बासी खाना, अल्कोहोल, चिया, कफि तथा धुम्रपानबाट टाढै रहने ।
  •  अदुवा, बेसार, ल्वाङ, मरिच, लाइकोराइस, तुलसी, लसुनजस्ता भान्सामा सजिलै उपलब्ध खानाले प्रतिरोध क्षमता वृद्धि गर्न मद्दत गर्छ ।
  • भिटामिन सी युक्त खानाको दैनिक प्रयोग गर्ने । जस्तोः अमला, कागती, गोलभेँडा ।
  • प्रयाप्त मात्रामा पानी पिउने । पानीले अनावश्यक एवम् विषादी पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ । यसबाहेक तरकारीको रस एवम् नरिवलको पानी पनि पिउन सकिन्छ ।

व्रत थेरापी

समय–समयमा व्रत बस्नु पनि स्वास्थ्यको निम्ति उत्तिकै लाभदायी हुन्छ । व्रत बस्नाले क्यालोरी प्रतिबन्धित हुनुका साथै शरीरमा प्रतिरोध क्षमताको समेत वृद्धि हुन पुग्दछ । व्रत बस्दा शरीरमा इन्सुलिन संवेदनशिलता बढ्नुका साथै मेटाबोलिक सिन्ड्रोमलाई अन्त्य गर्न समेत सकिन्छ ।

त्यसैले व्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्राे मानिन्छ। जस्तो ८ घण्टा स्वस्थ खाना खाने र १६ घण्टा व्रत बसेर पनि स्वस्थ जीवनशैली अपनाउन सकिन्छ । यसबीचमा कम क्यालोरी भएको ग्रीन टि, तथा कागती पानी खान सकिन्छ ।

घाम ताप्ने

  •  दैनिक २० देखि ३० मिनेटसम्म घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डी बाहेक यसले शरीरमा क्याल्सियम होमियोस्टेसिसको व्यवस्थापन गर्दै मुटुप्रणाली तथा श्वासप्रश्वास स्वास्थ्य, शरीरमा राेग प्रतिराेध क्षमता बढाएर फ्रेस बनाउँछ ।
  • प्रकतिको नजिक हुने र निश्चित समयमा सुत्ने तथा उठ्ने क्रमलाई आत्मसाथ गर्नाले पनि धेरै रोगबाट स्वतः छुटकारा पाउन सकिन्छ ।
  • सुर्यमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल थेरापी क्षमता हुन्छ । जसले विभिन्न संक्रामक रोगबाट बचाउँछ ।

योगा थेरापी

प्रतिरोधात्मक क्षमता कम भएर मानसिक तनावले उग्र रुप लिदा गम्भीर प्रकृतीका रोगले अाक्रमण गर्ने सम्भावना बढी हुन्छ ।  योगा भनेको पञ्चकोषा सिद्धान्त अनुरुप सम्पु्र्ण शरीरलाई एकत्रित गराउने माध्यम हो ।

  • आन्नमाया कोषा अन्तर्गत आशन, क्रिया र सुक्ष्म व्यायाम,
  • प्रणायमा कोषा अन्तर्गत प्राणायम,
  • मनोमाया कोषा अन्तर्गत ध्यान,
  • भिज्ननामाया कोषा अन्तर्गत आध्यात्मिक,
  • आनन्दमय कोषा अन्तर्गत आत्मजागरुक एवम् आत्मसर्मपण,

प्राणायाम भस्तृका, भ्रामारीजस्तै हाे । श्वास लिने र फाल्ने टेक्निक जस्तै ध्यान मुद्रामा बस्ने गहिराे श्वास लिने र ओमकारा जप्नाले पनि तनाव कम गर्दै शरीरमा सकारात्मक भाव रहन मद्दत गर्ने इन्डोर्फिन हर्माेन पैदा गराउँछ । साथै जलनेती योगिक क्रियाले नाक कान घाँटीको स्वास्थ्यलाई राम्रो बनाउँछ ।

हाइड्रो थेरापी

  •  ताताे पानीकाे बाफ लिनाले नाकको भित्री भागको राेग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । साथै उक्त पानीमा बन्दाको पात, अम्बाको पात, नीम तथा तुलसी पनि समावेश गर्न सकिन्छ ।
  • सुत्नुभन्दा अघि १५ मिनेट मनतातो पानीमा खुट्टा डुबाउँदा गहिरो निद्रा लाग्छ ।

आराम तथा विश्राम

प्रतिरोध क्षमताको वृद्धिको निम्ती सबैभन्दा महत्वपुर्ण कुरा भनेको उचित निन्द्रा र आवश्यक विश्राम हो । कोर्टिसोललाई बढाउदै तनावले प्रतिरोध क्षमतालाई दमन गराउँछ । तसर्थ, उचित विश्राम तथा आवश्यक निन्द्राले शरीरमा प्राकृतिक लयमा पुनः जागरुक एवम् कायाकल्प गर्न मद्दत गर्दछ ।

  • कम्तिमा ७–८ घण्टा सुत्नाले प्रतिरोध क्षमातामा वृद्धि गर्छ ।
  • बेलुका १० बजेभन्दा अघि सुत्ने बानी बसाल्दा स्वास्थ्य राम्रो हुन्छ ।
  •  महत्वपूर्ण समयको क्रममा हामी भित्रै रहन, सामाजिक दूरी कायम गर्दै स्वस्थ खाना खान र आवश्यक प्रोटोकल अनुशरण गरी भाइरसको जोखिमलाई कम गर्न सक्छौ ।
  •  घरमै सुरक्षित बस्ने र सबैभन्दा महत्वपुर्ण कुरा सक्रिय रहने । यस समयमा हामीले सम्झनै पर्ने टिम्बर हकियेका एक भनाई रहेको छ – ‘You can’t clam the strom, so stop trying. What you can do is calm yourself the strom will pass.’अर्थात्ः ‘हामी भुमरीलाई रोक्न सक्दैनौ तथा कम्तिमा प्रयास चाहिँ पक्कै गर्न सक्छौ । यस्तो बेला हामीले गर्नसक्ने सबैभन्दा महत्वपुर्ण कुरा भनेको आफैलाई शान्त राख्नु हो । र, यो भुमरी स्वतः सकिने छ ।’

क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ