२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सातन मन जोड्ने कला योग

तन मन जोड्ने कला योग


सफल जीवनको लागि स्वस्थ शरीर र स्वस्थ शरीरको लागि उचित जीवनशैलीको जरुरत पर्दछ । यो कुरा थाहा भएपनि व्यवहारमा लागु गर्न नसक्दा समस्याहरू सामना गर्नु परिरहेको छ।

शारीरिक, मानसिक, सामाजिक, भौतिक र आध्यात्मिक रुपमा सफल र स्वस्थ हुनका लागि उचित जीवनशैलीको अत्यन्त आवश्यक पर्ने गर्दछ।

हिजोआजको अस्तव्यस्त भएर चलिरहेको दैनिकीलाई मध्यनजर गर्दै हामीहरु विभिन्न माध्यमबाट जीवनशैली परिवर्तन गर्न खोजिरहेको छाैं । विशेषगरी सबैको ध्यानाकर्षण अहिले योगमा भएको पाइन्छ।

तर, हाम्रो शरीरलाई कस्तो प्रकारको एक्ससाइज चाहिन्छ र गर्नपर्छ भन्ने कुरा थाहा नभई गरिरहेको त छैनौ ।

संसारमा तीन प्रकार एक्ससाइज छन्,
१) एरोविक
२) जिम
3) नन-एरोबिक

कतिपयले यी तीन प्रकारका एक्ससाइज गर्ने गर्नुहुन्छ । सामान्यतयाः मानिसहरु कुनै एक प्रकारको एक्ससाइज मात्रै गरेर आफूलाई स्वस्थ राख्न खोज्नु भइरहेको हुन्छ। तर, अनुसन्धानले यो बताएको छ कि हाम्रो शरीर स्वस्थ राख्नका लागि यो ३ प्रकारकै एक्ससाइजलाई जीवनमा जोड्नु अति आवश्यक छ।

१. एरोविक
जसले शरीरलाई तताउने गर्दछ र सम्पूर्ण शरीरमा रगतको प्रवाह बढाउने गर्दछ । कसिएको शरीरको जोर्नीलाई खकुलो पार्ने गर्दछ ।
शरीरमा उर्जा प्रवाह गर्ने गर्दछ।

जस्तै:- सुक्ष्म व्यायाम, सूर्य नमस्कार, डान्स, जुम्बा, एरोबिक एक्ससाइज एवं शरीरलाई तताउने सम्पूर्ण एक्ससाइजहरु पर्ने गर्दछ।

२. जिम
यसले शरीरको मसलहरुलाई फुलाउने गर्दछ वा कसिलो शरीर बनाउन सहायता गर्ने गर्दछ।

यसमा plank, पुस अप, सेटअप, पुल अप वा अन्य जिमको साधनहरुको साथ गर्न सकिन्छ।

३. नन एरोविक/ इस्ट्रेचिंग एक्ससाइज
यसमा योगको आसनहरु पर्ने गर्दछन् । योगको पनि धेरै आसनहरु हुने गर्दछ । योगका ८४ लाख आसनहरु हुन्छ भनेर शिवले पार्वतीलाई व्याख्या गर्नुभएको छ।
जसमध्ये पनि सबभन्दा प्रचलनमा पतञ्जलीले व्याख्या गरेअनुसार ८४ वटा आसन पर्दछन्।

त्यस्तै हिरण्य समितामा भने ३२ वटा आसन विशेष स्थान दिइएको देखिन्छ।

जसको प्रयोगले शरीरलाई स्वस्थ मनलाई शान्त गर्दै आध्यात्मिक रूपमा समेत प्रगति गर्न सहायता प्रदान गर्ने गर्दछ । एरोविक र जिमबाट तातिएको शरीरलाई कुल डाउन गर्न पनि योग आसनले सहायता गर्ने गर्दछ।

योग भन्नाले जोड्नु भन्ने बुझिन्छ । शरीर मनसँग मन आत्मासँग र आत्मा परमात्मासँग जोड्ने माध्यमको रुपमा योगलाई लिन सकिन्छ।

सामान्य रूपमा यस प्रकारले पनि बुझ्न सकिन्छ कि अस्वस्थ शरीरलाई स्वस्थ एवं अव्यवस्थित जीवनशैलीलाई व्यवस्थित जीवनशैलीमा जोड्ने साधनका रुपमा पनि योगलाई राखिन्छ ।

त्यसकारण हामी कुनै एक्ससाइज गर्दैछौं भने वार्म अपबाट सुरु गरेर कुल डाउनमा अन्त्य गर्न अति आवश्यक हुन्छ। यसरी मिलाएर एक्ससाइज गर्न सकियो भनेमात्र २४ घण्टा उर्जाको महसुस गर्न सकिन्छ।

तर, यीमध्ये एकमात्र गर्नुहुन्छ भने केही क्षण उर्जाको महसुस हुन्छ केही समयपछि शरीरमा दुखाइ, पीडा , थकान ,आलस्यजस्ता लक्षणहरु देखा पर्न पनि सक्छ।

यस्ता प्रकारको एक्ससाइज प्रस्चात जीवनशैलीमा खानपानको पनि सुधार गर्नु आवश्यक हुन्छ । अनुसन्धानले के भन्छ भने हाम्रो शरीरलाई २० प्रतिशत स्वस्थ बनाउन  हेल्प गर्छ भने ८० प्रतिशत खानाले सहयोग गर्दछ।

यसरी आफ्नो दैनिकीमा योग एक्ससाइज जोड्न सकियो भने पक्कै पनि स्वास्थ्य शरीर र सफल जीवनका लागि सहयोग मिल्न सक्छ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ