२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सास्तनको आकार बढाउन योग

स्तनको आकार बढाउन योग


स्तनको सही आकारले महिलामा आत्मविश्वास जगाउँछ। महिलालाई सुन्दरता बढाउन सहयोग पु-याउने विभिन्न अंगमध्ये स्तन पनि एक हो। शरीरको यो महत्वपूर्ण अंग शरीरभन्दा कम भएमा केटीहरूलाई असहज महसुस हुन्छ । आखिर स्तनको आकार बढाउन कुन-कुन योगासन अपनाउन सकिन्छ ? जानौं ।

गोमुखासन

यो आसन स्तनको आकार बढाउन उपयोगी हुन्छ । यो आसन गर्नाले छातीका मांसपेशीहरु तन्किन्छन् । स्तनमा लचिलोपन बढ्छ, जसका कारण यसको आकार बढ्छ। यो आसन बिहान वा बेलुका खाली पेटमा गर्नाले पनि पेट सफा हुन्छ । यो आसन गर्नाले शरीर लचिलो हुन्छ । यसलाई ‘काउ पोज’ पनि भनिन्छ। जसको काँध वा घुँडामा समस्या छ, उनीहरूले यो आसन गर्नु हुँदैन।

भुजंगासन

यसलाई ‘कोबरा पोज’ पनि भनिन्छ। भुजंगासनको अभ्यास गर्दा शरीरको आधा भाग जमिनमा हुन्छ । यो आसन गर्दा शरीरको माथिल्लो भाग पछाडि तानिन्छ, जसले बस्ट लाइनलाई बलियो बनाउँछ। स्तनको आकार बढाउन प्रभावकारी यो आसनले पेटको बोसो घटाउछ। गर्भवती महिला वा ढाड दुख्ने समस्या भएका महिलाहरूले यो आसन गर्नु हुँदैन।

धनुरासन

यो आसन गर्दा शरीर धनुको आकारमा हुन्छ । यसलाई ‘बो पोज’ पनि भनिन्छ। यस आसनको अभ्यासले शरीरको माथिल्लो भागमा जोड दिन्छ, जसले स्तनको आकार बढाउँछ। यो आसन ढाड दुखाईबाट मुक्ति पाउनको लागि पनि प्रभावकारी हुन्छ। हर्निया, रक्तचाप, काँध, नाडी, कम्मर वा घाँटी दुख्ने जस्ता समस्या भएका महिलाले यो आसन गर्नु हुँदैन ।

उस्त्रासन

यो आसन नियमित गर्नाले स्तनको तन्तुमा जोड दिइन्छ, जसले गर्दा स्तनको वरिपरि राम्रो रक्तसञ्चार हुन्छ, जसले स्तनको आकार बढाउन मद्दत गर्छ। यो आसनलाई ‘क्यामेल पोज’ पनि भनिन्छ। अनिद्रा वा रक्तचापको समस्या भएका महिलाले यो आसन गर्नबाट जोगिनुपर्छ ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ