२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साहोमियोप्याथी सेवालाई प्राथमिकताका साथ विकास गर्छौ : स्वास्थ्यमन्त्री

होमियोप्याथी सेवालाई प्राथमिकताका साथ विकास गर्छौ : स्वास्थ्यमन्त्री


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सरकारले होमियोप्याथी सेवालाई प्रथमिकताका साथ विकास गर्ने बताएका छन् । शनिबार राजधानीमा सुरु भएको दुई दिने इन्डो नेपाल होमियोप्याथी समिटको उद्घाटन गर्दै मन्त्री खापुङले भारतको तुलनामा नेपालमा होमियोप्याथीको विकास हुन नसकेको बताए ।

पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दैं गएको बेला होमियोप्याथी उपचार पद्धति सस्तो हुने हुँदा यसलाई विकास गर्नुपर्ने उनको भनाइ थियो । ‘नसर्ने रोगको प्रकोप बढ्दो छ,’ उनले भने, ‘मैले जानकारी पाएअनुसार यो प्रविधि सस्तो र सुलभ छ । होमियोप्याथीलगायत आयुर्वेदिक तथा बैकल्पिक चिकित्साका विधाहरुलाई विकास गर्न सरकार प्रतिवद्ध छ ।’

दुई दिनसम्म संचालन हुने सम्मेलनले पछिल्लो समय विकास भएका प्रविधीको विषयमा छलफल गर्ने र त्यसले जनतालाई सेवा दिन प्रभावकारी हुने विचार व्यक्त गरे ।

सम्मेलनमा नेपाल र भारतका गरी ४ सय ५० होमियोप्याथी चिकित्सक र सहायक सहभागी रहेका छन् । होमियोप्याथी एसोसिएसन अफ नेपालका अध्यक्ष डा. खगेन्द्र कटुवालका अनुसार सम्मेलनमा नेपालका तर्फबाट ३ वटा र भारतबाट ६ वटा गरी ९ वटा अनुसन्धान पत्र प्रस्तुती हुनेछन् ।

‘नेपालका २ सय र भारतका २ सय ५० जना गरी ४ सय ५० होमियोप्याथी चिकित्सक तथा चिकित्सा सहायकको उपस्थिती रहेको छ,’ डा. कटुवालले भने, ‘सम्मेलनमा दुई तर्फबाट ९ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।’

सम्मेलनले होमियोप्याथी सेवामा दुई देशले अवलम्बन गरिरहेको पद्धतीको सिकाइ आदान—प्रदान गर्न राम्रो अवसर भएको सेन्ट्रल काउन्सिल अफ होमियोप्याथीका अध्यक्ष डा. राम जी सिंहले बताए ।

सम्मेलनलाई आइतबारको पहिलो सत्रमा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सम्बोधन गर्दैछन् । सम्मलेनको समापन भने शिक्षा मन्त्री देवेन्द्र पौडेलले गर्ने डा. कटुवालले जानकारी दिए ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ