२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सास्वस्थ जीवनका लागि के गर्ने के नगर्ने ?

स्वस्थ जीवनका लागि के गर्ने के नगर्ने ?


विश्व स्वास्थ्य संगठनले पहिलो पटक डिजिटल हेल्थ टेक्नोलोजीलाई लिएर केही दिशा निर्देश जारी गरेको छ । हरेक मान्छे आफ्नो स्वस्थ जीवनशैलीको चाहना राख्छन् । तर यो कुरा त्यतिबेला थाहा हुन्छ, जब तपाई कुनै स्वास्थ्य समस्यासँग जुध्नुहुन्छ । त्यो मोटो हुनु होस् वा शरीरमा हुने कुनै पनि पीडा । केही यस्ता उपायहरु छन्, जसबाट स्वस्थ त रहन सकिन्छ नै साथै लामो समयसम्म यसको सकारात्मक प्रभाव पनि देखिनेछ ।

१. एक्ससाइज
एक अनुसन्धानबाट पत्ता लागेको छ कि १८ प्रतिशत मानिसहरु यस्तो हुन्छन्, जो कहिल्यै पनि एक्ससाइज गर्दैनन्, ४० प्रतिशत मानिसहरु एक महिनामा बोर भएर एक्ससाइज गर्न छाड्छन् ।

वजन घटाउन होस वा नहोस्, दैनिक ३० मिनेट एक्ससाइज गर्नुपर्छ । दैनिक सम्भव नभएमा हप्तामा पाँच दिन भएपनि गर्नुपर्छ । आवश्यक परेको खण्डमा यसमा ट्रेनरको सहयोग समेत लिन सकिन्छ । यति त्यो पनि गर्नु सक्नुभएन भने आफ्नो शारिरीक गतिविधी धेरैभन्दा धेरै बढाउन जरुरी छ ।

२. पानी पिउनुहोस्
एक सर्वेक्षणकाअनुसार ६० प्रतिशत मानिसहरु दिनमा केवल २—३ गिलास पानी पिउछन् । केही मानिसहरुको अवस्था यो भन्दा पनि खराब छ । डाक्टरहरुकाअनुसार वर्तमान समयमा बढिरहेको विरामीको मुख्य कारण पानी नपिउनु हो ।

सबैभन्दा पहिले विहान उठ्दा नै पानी खाने बानी बसाल्नुहोस् । कयौं मानिसहरु भन्छन् कि उनीहरु बढी पानी पिउन सक्दैनन् । यसका लागि तपाईलाई उचित अभ्यासको आवश्यकता पर्छ । यदि सधैं २ गिलास पानी पिएर एक दिन १० गिलास पानी पिउने सोच्दै हुनुहुन्छ भने त्यो असम्भव हुन्छ । पानी पिउन समस्या छ भने जुसबाट सुरु गर्नुहोस् ।

३. नास्ता
कयौं मानिसहरु नास्तालाई आवश्यक ठान्दैनन् । जबकी डाक्टरदेखि डाइटिसियनसम्म विहानै नास्ता गर्नु एकदमै जरुरी रहेको सल्लाह दिन्छन् । यति तपाई कुनै डाइटको प्रयोग गरिरहनुभएको छ भने पनि नास्ता त्यसको एकदमै जरुरी भाग हुन जान्छ ।

त्यसैले नास्ताका लागि सधैं आफूलाई प्रेरित गर्नुपर्छ । बिहानै घरबाट केही खाएर निस्कने बानी बसाल्नुपर्छ । यति विहानै नास्ता गर्न सकिदैंन् भने आफूसँग अनिवार्य रुपमा फलफूल राख्नुहोस् । अफिसको टेबलमा पनि केही यस्ता चीजहरु राख्नुहोस कि नास्ता भुलेको बेलामा पनि अफिसमा आएर स्वस्थ खानेकुरा खान सकियोस ।

४. निदाउनुहोस्

अहिले ब्यवस्त जीवनशैली र अधिक काममा ब्यस्त रहनाले मानिसहरु केवल ५—६ घण्टा मात्रै निदाउछन् । केही मानिसहरु ग्याजेट प्रयोग गर्नाले पनि आफ्नो निन्द्रालाई प्रभावित गरिरहेका हुन्छन् । निन्द्राले हाम्रो शरीरको सम्पूर्ण प्रणालीलाई प्रभावित गर्छ ।

निन्द्राका बेला तपाई कसरी सुतिरहनुभएको छ, त्यो एकदमै जरुरी हुन्छ । जस्तो कि तपाई सधैं ७ घण्टा निदाइरहनुभएको छ तर बीच—बीचमा कसैले अवरोध गरिरहेको छ भने त्यस्तो निन्द्राको कुनै अर्थ छैन् । सुत्ने अनि उठ्ने गर्नाले दिमागलाई शान्त रहनका लागि समस्या हुन्छ । ५—६ घण्टाको डिप निन्द्राले आराम दिन्छ ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ