२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्साअकुपञ्चर उपचार प्रविधि दिमागको निम्ति फाइदाजनक

अकुपञ्चर उपचार प्रविधि दिमागको निम्ति फाइदाजनक


सामान्यतयाः नेपालीलाई उपचार विधिअन्तर्गत एलोपेथिक र आयुर्वेद विषयको बारेमा मात्रै ज्ञान छ । अधिकांश नेपाली अकुपञ्चरलाई पनि आयुर्वेदकै उपचार विधि अन्तर्गत सूचीबद्ध गर्छन् । तर, अकुपञ्चर उपचार विधि आयुर्वेदकै हिस्सा नभई यो एक छुट्टै प्रकारको उपचार विधि हो । नेपालमा यसबारेमा थोरै ज्ञान भएतापनि विश्वको सन्दर्भमा भने परापूर्व कालदेखि नै चलिआएको देखिन्छ । तर, पछिल्लो समयमा नेपालको चिकित्सा क्षेत्रमा पनि अकुपञ्चर उपचार प्रविधि पनि फस्टाउदैं गएको देखिन्छ ।

अकुपञ्चरबाट मात्रै हजारौं रोगहरुको उपचार गर्न सकिन्छ । यो पातलो सियोहरुद्वारा उपचार गर्ने विधि हो । विसञ्चो भएका शरीरका विभिन्न भागहरुमा सियोहरुले छेडी प्राकृतिक रुपमा निको गराउनको निम्ति यस्ता उपचार विधि अपनाइन्छ । अकुपञ्चरको विशेषता भनेको यसले शरीरमा भएका दुखाइहरुको अन्त्य गराउनु हो । प्राचीन समयमा अमेरिकामा यो विधि विशेष गरेर टाउको दुखाइ, ढाड दुख्ने समस्या, नशाको दुखाइ तथा महिनावारीको दुखाइ कम गर्नको निम्ति अपनाइन्थ्यो ।

यसले शरीरको विशेष केही भागमा भएको दुखाइ कम गराउनुका साथै यसको उपचारमा प्रयोग गरिने सियोको माध्यमले सिकिस्त बिरामी तथा बौद्धिकतामा समेत फाइदा पुर्‍याउँछ । हाम्रो शरीरमा केही यस्ता केन्द्रहरु हुन्छन्, जुन हाम्रो मस्तिष्कको कोटर्टक्स र लिम्बिक प्रणालीसँग सम्बन्धित रहेका हुन्छन् । माइन्ड बडी ग्रीनका अनुसार, जब हामी उक्त केन्द्रहरुमा बल लगाउँछौ अकुपञ्चर प्रविधिले स्वतः शरीरमा रहेको कोषिकाहरुसँगको सम्बन्ध, आवातजावत प्रक्रिया, कार्य प्रणाली तथा मस्तिष्कको वरपरमा परिवर्तन ल्याउँछ ।

अकुपञ्चरले पुर्‍याउने फाइदाहरु

स्मरण शक्तिमा वृद्धिः

अकुपञ्चरले व्यक्तिलाई शान्त रहिरहन मद्धत गरी मस्तिष्कमा भएको कोषिकाहरुसँग सम्बन्धलाई बढाउँछ । जसकारण व्यक्तिमा कुनै पनि विषयप्रति ध्यानाकर्षण गर्ने क्षमताको विकास भई सिक्ने र त्यसलाई फेरि पनि सम्झिरहन सक्ने क्षमताको समेत वृद्धि गर्दछ । पछिल्लो पटक गरिएको एक अध्ययनकाअनुसार अकुपञ्चर जनावरहरु समेतको निम्ति उपयोगी रहने जनाएको छ ।

मस्तिष्कको रक्त प्रवाहमा सुधार

अनुसन्धानकाअनुसार अकुपञ्चरले मस्तिष्कमा नयाँ रक्त कोषिकाहरुको वृद्धि तथा विकास गराउँछ । उक्त विकास भएका रक्त कोषिकाहरुले मस्तिष्कमा आवश्यक अक्सिजन प्रवाह गर्न मद्धत पुर्‍याउँछ ।

उचित निन्द्रा प्रदान

अकुपञ्चर प्रविधी इन्सोमेनिया रोग विरुद्ध लड्नको निम्ति पनि प्रयोग गरिन्छ । यसले मस्तिष्कमा आराम प्रदान गरी न्युरोट्रान्समिटर रेसियोहरुको वृद्धिमा समेत सहयोग पुर्‍याउँछ । जसले व्यक्तिमा शान्ति प्रदान गरी निन्द्रा लाग्न मद्धत गर्दछ ।

माइग्रेनको उपचार

अकुपञ्चर उपचार विधिले माइग्रेनको समेत उचित व्यवस्थापन गर्ने तथ्य एक अध्ययनले सार्वजनिक गरेको छ । अध्ययनअनुसार अकुपञ्चरको निम्ति प्रयोग गरिने सियो व्यक्तिको टाउको र घाँटीको पछाडि भागमा राख्दा यसले टाउको र घाँटी स्थितीमा कुनै असरबिना नै सुधार ल्याइ माइग्रेनमा समेत सुधार ल्याउँछ ।

मस्तिष्कको निम्ति उपयोगी अकुपञ्चर उपचार प्रविधि

अकुपञ्चर अन्तर्गत मस्तिष्कलाई नै लक्षित गर्दै त्यसलाई फाइदा पुर्‍याउने उपचार प्रविधि पनि रहेको छ । यसअन्र्तगत स्काल्प अकुपञ्चर (टाउको माथिल्लो भागमा गरिने उपचार विधि), सोमेटिक अकुपञ्चर र एरिकुलर अकुपञ्चर रहेका छन् । यी तीनै प्रकारको उपचार विधि मस्तिष्कको निम्ति फाइदाजनक देखिन्छ ।

उक्त उपचार विधिमध्ये स्काल्प अकुपञ्चरको माध्यमबाट व्यक्तिमा सुन्ने शक्ति, शारीरिक चाल, तथा संवेदनशील, भावहरुको नियन्त्रणजस्ता आदि क्षेत्रहरुको क्षमतामा विकास हुन पुुग्दछ । यस्तै सेमोटिक अकुपञ्चर उपचार विधि भने मृत कोषहरुको निम्ति फाइदाजनक छ । एरिकुलर अकुपञ्चरले क्रोनिक पेन, मस्तिष्क सम्बन्धिका विभिन्न रोगहरु, दिमागी बिरामी, चिन्ता, डिप्रेशन तथा इन्सोमेनियाजस्ता आदि बिरामीहरुलाई विशेष किसिमको फाइदा पुर्‍याउँछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ